People earning income through flower business

फूलको व्यसाय गरेर धेरैले आय आर्जन गरिरहेका छन्

Share this news

खरसाङ, 30 जून (निसं)ः खरसाङमा अहिले धेरैले फूलको व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन्। वर्तमानमा स्थानीय स्तरमा भए पनि यो व्यसाय फस्टाएको पाइन्छ। खरसाङ बजारमा फूलको व्यवसाय गर्नेहरूले वर्तमानमा स्थानीय स्तरमा फूलको बिक्री-वितरण राम्रै रहेको, फूलको व्यसाय गरेर आफ्नो परिवारको निम्ति आय आर्जन राम्रोसित गरिरहेको बताउछन्। खरसाङ बजारमा अहिले सात 7-8 जनाले फुटपाथ, दोकानको पेटीमा बसेर फूलको बिक्री-वितरण गरिरहेका छन्। तिनीहरू सबैले फूलको बिक्री-वितरण वर्तमानसम्म राम्रै रहेको बताएका छन्। खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 कुमाई स्टुडियोको पेटीमा फूलको व्यवसाय चलाएर बस्ने रुपेश मुखियाले भने, यो व्यवसायमा खटाई पनि छ, खटेको अनुसार पैसा पनि हुन्छ। अहिलेसम्म बिक्री-वितरण राम्रै चलिरहेको छ। मैले यसरी पसल थापेर फूलको व्यसाय गरेको पाँच वर्ष भयो। फूलको खेती भने अघिबाटै गरिरहेको थिएँ। तिनले आफ्नो बरबुङस्थित आफ्नो घरमा फूलको नर्सरी 8 वर्षदेखि सञ्चालन गरिरहेको बताउदै नर्सरीमा उमारिएको फूलको अतिरिक्त आफूले खरसाङ अनि वरिपरि क्षेत्रका विभिन्न फूल कृषकहरूबाट फूल र बिरुवा खरिद गरेर ल्याइ बिक्री गर्ने गरेको बताए। तिनले कट फ्लावरहरू विशेष सिलगढ़ीबाट ल्याएर बिक्री गर्ने गरेको बताए। तिनले भने, यो व्यसायमा खट्न सकेको खण्डमा रोजगारको दह्रो सम्भावना छ। अहिले म आफै खटेर व्यवसाय चलाइरहेको छु। महिनाको लगभग 30 हजार रुपियाँ कमाई हुन्छ, यतिले परिवार पाल्न पुग्छ। मैले विभिन्न फूल कृषकहरूबाट फूल र फूलका बिरुवाहरू खरिद गरेर यहाँ ल्याई बिक्री गरिदिएकोले धेरै फूल कृषकहरूले आफ्नो घरमा बसेर पनि आय आर्जन गरिरहेका छन्। तिनले आफूले स्थानीय स्तरमानै फूलको बिक्री-वितरण गरिरहेको बताउदै खरसाङमा उत्पादित फूलहरू बाहिर पठाउन सकिए अझ बढ़ी रोजगारको बन्ने थियो तर यसको निम्ति जनशक्तिको आवश्यकता पर्ने बताए। मुखियाले आफूले कुमाई स्टुडियोको पेटीमा फूलको व्यवसाय गरिरहेको र आफ्नो फूल र फूलका बिरुवारहरू राख्नलाई स्टुडियोले जग्गा दिएको बताउँदै यसको निम्ति कुनै भाड़ा नलिएको पनि बताए। तिनले भने, कुमाई स्टुडियोका मालिक हाम्रो निम्ति भगवान जतिकै हुन्। मुखियाले वर्तमानमा विभिन्न प्रजातिका फूल, फूलको बिरुवा, हाउस प्लान्ट, क्टाक्टस, कट फ्लावर बिक्री गरिरहेका छन्। अर्का एक फूल बिक्रेता राजु शेर्पाले पनि आफूले फूलको व्यसाय शुरु गरेपछि परिवारको निम्ति आयको राम्रो श्रोत बनेको बताए। तिनले अफू बेरोजगार रहेको समयमा श्रमिक र मिस्त्रीको कामसम्म गर्न परेको बताउदै फूलको खेती अनि व्यसाय शुरु गरेपछि परिवारको निम्ति राम्रो आयको श्रोत बनेको यसै व्यसाय गरेर आफूले छोरा-छोरी पढ़ाएको बताए। तिनले पनि वर्तमानमा आफ्नो व्यवसाय राम्रै चलिरहेको र आफूले आफ्नो नर्सरी बाहेक खरसाङ अनि वरिपरिका फूल कृषकहरूबाट फूल खरिद गरेर ल्याउने अनि बिक्री गरिदिने गरेको बताएका छन्। अम्बटे चिया बगानको पाँचघरे निवासी एक युवाले पनि आफूले फूलको नर्सरी गरेर राम्रै आय आर्जन गरिरहेको बताउदै आफ्नो नर्सरीको फूल खऱिद गर्नलाई धेरै टाड़ा-टाड़ाबाट मानिसहरू आउने गरेको बताएका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न