क्रिस्पिन छेत्री, दिनेश थापा, धर्मराज राणा अनि इन्द्र प्रकाश लामालाई सम्मान जनाइयो

Share this news

खरसाङ, 12 जुलाई (निसं): खरसाङ युनाइटेड क्रिश्‍चियन माइनोरिटी वेलफेयर सोसाइटी अनि सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयको फ्रेण्ड्स फरएभर ब्याचमेट्स 1988 वेलफेयर सोसाइटीद्वारा संयुक्त रुपमा भारतको राष्ट्रिय महिला फुटबल टीमका प्रमुख प्रशिक्षक क्रिस्पिन छेत्री, वरिष्ठ फुटबल खेलाड़ी दिनेश थापा, धर्मराज राणा अनि इन्द्र प्रकाश लामालाई सम्मान जनाइएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनको डा. पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको यस कार्यक्रमको अध्यक्षता सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयको फ्रेण्ड्स फरएभर ब्याचमेट्स 1988 वेलफेयर सोसाइटीका अध्यक्ष सचिन राईले गरेका थिए भने सञ्चालन खरसाङ युनाइटेड क्रिश्‍चियन माइनोरिटी वेलफेयर सोसिइटीका सचिव दीपक लेप्चाले गरेका थिए। कार्यक्रममा उपस्थित दुवै सोसाइटीका अध्यक्ष पास्टर शिशिर रोङ्गोङ् अनि सचिन राई, सचिव दीपक लेप्चा अनि आनन्त छिरिङ तामाङ, उपस्थित विशिष्ट व्यक्तिहरूको बाहुलीबाट क्रिस्पिन छेत्री, दिनेश थापा, धर्मराज राणा अनि इन्द्र प्रकाश लामालाई खदा लगाएर सम्मान पत्र र स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा क्रिस्पिन छेत्रीको परिचय आकाशवाणी खरसाङकी उद्घोषिका प्रतिमा प्रधान लामाले पठन गरेकी थिइन् भने दिनेश थापाको शिक्षिका निरडोमा बलले, इन्द्र प्रकाश लामाको शिक्षिका ममता लामाले अनि धर्मराज राणा मंगरको परिचय रवी तोलङ्गीले पठन गरेका थिए। कार्यक्रममा आफ्नो वक्तव्य राख्दै क्रिस्पिन छेत्रीले भने, आज मलाई मार्गदर्शन र प्रोत्साहन प्रदान गर्ने अग्रज फुटबल खेलाड़ीहरूसित संगै बस्न पाउँदा धेरै खुशी लागेको छ। मानिसले कहिले पनि सट्कट् रोज्नु हुँदैन। मेहनत र आफूमाथि विश्‍वास राखेर कार्य गर्नु पर्छ। मैले पनि आफूमाथि विश्‍वास राखेर कार्य गरेँ अनि अघि बढ़दै गएँ। मानिसले प्रतिबद्धता जाहेर गर्न सक्छन् तर एकाग्रता र लगन छैन भने त्यो प्रतिबद्धता पुरा नहुन सक्छ। मलाई अग्रज फुटबल खेलाड़ी धर्मराज राणाले नोकरीको निम्ति पनि प्रयास गर्ने सुझाउ दिने गर्थे तर गडमाथि सबै कुरो निर्भर रहँदो रहेछ। मलाई यसरी फुटबलको क्षेत्रमा काम गर्नु थिएछ, मैले कुनै नोकरी प्राप्त गरिन। हामीमाझ प्रतिभाहरू धेरैछन्, ती प्रतिभाहरूलाई यसरी ल्याउनु होस प्रोत्साहन प्रदान गर्नु होस, यो असल कार्य हो। दिनेश थापाले आफ्नो वक्तव्यमा आफूले फुबल खेलेका संस्मरणहरूको बारेमा बताउदै भने, मानिसले म केही हुन्छु, केही गर्छु भनेर अघि बढ़न पर्छ। मैेले पनि फुटबल जीवनमा यसरी खेल्छु, साथीहरूलाई यसरी खेल्न लगाउछु, यसरी अघि बढ़छु भनेर सोच्ने गर्थेँ। हाम्रो समयमा धेरै दुःख थियो, एउटा बुटको टीप बनाउन चार आना लाग्थ्यो तर त्यो चार आना पनि पाउन धेरै गाह्रो थियो। हामीले दुःख गरेर फुटबल खेल्यौँ, हिँड़ेर गएर खेल्यौँ, खालीखुट्टा खेल्यौँ। तिनले आफूले खेलेका प्रतिष्ठित टुर्नामेन्ट अनि टीमहरूको बारेमा आफ्नो वक्तव्यमा बताए। कार्यक्रममा धर्मराज राणा मंगर, इन्द्र प्रकाश लामा, 1988 ब्याच मेट्सका अध्यक्ष सचिन राईले पनि वक्तव्य राखेका थिए। धन्यवाद ज्ञापन दीपक लेप्चाले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ