खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सभामा आशा मुखिया लामा सम्मानित

Share this news

खरसाङ,7 जुलाई(निसं): केही समय यता खरसाङ क्षेत्रमा पर्यटन व्यवसायीमाथि कार्य गरिरहेका खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सभा सम्पन्न भएको छ। उक्त सभा एसोसिएसनका सभापति किशोर सिंहको अध्यक्षतामा अनि सचिव राजु गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो। यस सभामा उपस्थित साहित्यकार एंव समाजसेवी आशा मुखिया लामालाई हालैमा पीएचडीको उपाधि प्राप्त गरेकोमा खरसाङ एसोसिएशन फर टूरिज्म एण्ड कन्जरभेशनको तर्फबाट सम्मान जनाइयो। यस अवसरमा उनलाई खदार्पणसहित शल ओढ़ाएर साथै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। सभामा नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गरिएको छ। त्यसरी नै संगठनमा सदस्यता लिन चाहनेहरुलाई पनि स्वागत रहेको एसोसिएसनले बताएको छ। सभामा खरसाङ क्षेत्रमा रहेका होम स्टे मालिकहरुका विभिन्न समस्याहरु विषयमा चर्चा-परिचर्चा गरिएको छ। त्यसरी खरसाङ क्षेत्रमा पर्यटन व्यवसायलाई कसरी अघि लैजान सकिन्छ भन्ने विषयमा चर्चा-परिचर्चा गरिएको छ। सभामा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सदस्यहरु उपस्थित रहेका थिए भनी एसोसिएसनको तर्फबाट किरण मुखियाले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ