Virat-Travis Head Controversy
Virat-Travis Head Controversy

कोहली र ट्राभिसबीच विवाद, हारपछि हात नमिलाएको भिडियो भाइरल

Share this news

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच भएको खेलपछि विराट कोहली र ट्राभिस हेडबीच देखिएको व्यवहार अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।हैदराबादविरुद्ध बेङ्गलुरुले ठूलो हार बेहोरेपछि खेल सकिएलगत्तै हुने परम्परागत हात मिलाउने क्रममा विराट कोहलीले ट्राभिस हेडसँग हात नमिलाएको भिडियो भाइरल बनेको हो। खेलभर दुवै खेलाडीबीच मैदानमै भनाभन र तनावपूर्ण अवस्था देखिएको बताइएको छ। रिपोर्टअनुसार, बेङ्गलुरुले २५६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा विराट कोहली र ट्राभिस हेडबीच केही समय चर्काचर्की भएको थियो। त्यसपछि खेल समाप्तिपछि हात मिलाउने लाइनमा कोहलीले हेडतर्फ नहेरी अघि बढेको दृश्य क्यामेरामा कैद भएको थियो। यस घटनापछि क्रिकेट समर्थकहरूबीच मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई खेलको प्रतिस्पर्धात्मक भावनासँग जोडेर हेरेका छन् भने धेरैले खेल भावना विपरीत भएको टिप्पणी गरेका छन्। उक्त भिडियो अहिले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा तीव्र रूपमा शेयर भइरहेको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ