Paudel senior citizen message Nepal
Paudel senior citizen message Nepal

वरिष्ठ नागरिकको ज्ञान, सिपबाट नयाँ पुस्ताले लाभ लिनपर्दछःराष्ट्रपति पौडेल 

Share this news

राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्दछ भन्नुभएको छ। मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठनागरिक अन्तर्राष्ट्रियसम्मेलनलाई सम्बोधनगर्दै सोधारणा व्यक्त गर्नुभएकोहो। “यसका लागि ज्येष्ठ नागरिकले गरेका काम, कारवाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाँउदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवम् राष्ट्रिय रुपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्यरुपमा उनीहरूको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्दछ भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो।
यसतर्फ दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकारलगायत सबैलाई उहाँले सुझाव दिनुभयो।
राष्ट्रपति पौडेलले नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतिर उन्मुख छ भन्नुभयो। “युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्, यस्तो स्थितिमा ज्येष्ठ नागरिकहरूको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर हुनेछ भन्नेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो।
स्वस्थ्यकर सामग्री खानु, लाउनु र आवश्यक परेका अवस्थामा स्वास्थ्य उपचार सेवा पाउनु ज्येष्ठ नागरिकको हक भएको उहाँको भनाई थियो। उनीहरूले पनि उस्तै उमेरका वा अरू जोसुकैसित पनि अन्तक्र्रिया गर्ने एवम् सकेसम्म परिवारमै स्थापित भएर जीवनयापन गर्न पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी तथा पारिवारिक असहिष्णुता एवम् अन्य कारणबाट जीवनका उत्तरार्धमा वरिष्ठ नागरिकका आँखामा आँसु आएका समाचारले जोसुकैको पनि मन द्रवित पार्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो।
राष्ट्रपति पौडेलले यो सम्मेलन ज्ञान र सिपको अन्तर्पुस्ता हस्तान्तरण तथा जनसङ्ख्याको अवस्थाअनुसार अघिल्लो र पछिल्लो पुस्ताको समिश्रणको एक सेतु बन्न सकोस् भन्ने सुझावसहित सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
दक्षिण एसियामै वामपन्थी राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहनजी सरल र सादगी नेता भएको उहाँको भनाई थियो । “नेपालको प्रजातान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बीपी कोइरालासँगै मनमोहनजी र अन्य कतिपय नेताले नेपालको मात्र नभएर भारतकोसमेत स्वाधीनता सङ्ग्राममा उल्लेख्य सहभागिता जनाउनु भएको थियो, त्यही भएर मनमोहनजीलगायतका नेताहरू नेपालमा मात्र नभएर मुलुकबाहिर पनि सम्मानित हुनुहुन्छ”, उहाँले भन्नुभयो।
कांग्रेस र कम्युनिष्टबीच सैद्धान्तिक मतभेद भएपनि नेपालमा निरंकुश पञ्चायतको अन्त्य गरेर बहुदलीय प्रजातन्त्र स्थापनाका लागि यी दुई शक्तिबीच सहकार्य आवश्यक छ भन्ने उदारवादी बामपन्थी नेता हुनुहुन्थ्यो मनमोहनजी भन्दै राष्ट्रपति पौडेलले जनमत सङ्ग्रहमा कट्टरपन्थी कम्युनिष्टहरूको आलोचना खेपेर पनि बहुदलीय व्यवस्थाको पक्षमा जननायक बीपी, गणेशमान सिंह, किशुनजीसँंगै मनमोहनजीले पु¥याउनुभएको योगदानलाई स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धा सुमन प्रकट गर्न चाहन्छु भन्नुभयो।
२०५१ सालमा उहाँकै प्रधानमन्त्रित्वको सरकारले वाद्र्धक्य अवस्थामा पुगेका नागरिकलाई नेपालमा पहिलोपटक मासिक वृद्धभत्ताको व्यवस्था गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिक भनेको विगतमा राष्ट्रसेवा गरेको तथा हाल तुलनात्मक रूपमा बढी आधारभूत सुविधा चाहिने समाजको एक विशिष्ट वर्ग हो भन्नुभयो।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ