आफ्नै देशमा हामी पाहुना भएर होइन अधिकार पुर्वक बसेको हुनुपर्छ। हामी सत्य छौं र हाम्रो माग यदि जायज र न्यायसङ्गत छ भने हामीले हाम्रो अधिकार कहीं न कहीं ढिलो छिट्टो हाम्रो वासभूमि गोर्खाल्यान्ड अवश्य पाउनेछौं भनि अटल विश्वासमा भारतीय गोर्खाहरुको आवाज एवम् गुनासो भारत सरकारसम्म पुराउनको लागी मिजोरमका डा. किङ्ग गुनु घर्तीले यो एउटा हिन्दी लघु चलचित्र “वन म्यान आर्मी”को निर्माण गरेका छन्, जसको तेइस मार्चको दिन दार्जी लिङमा लोकार्पण गरिएको थियो।
हामी बाहिरबाट आएका होइनौं, यही भारत भूमिमै जन्मिएर यहाँ पुर्खौंदेखि बसोबास गर्दै आएका छौं। बिहारीको बिहारीले बिहार पाए, पंजाबीले पंजाब र नागाले नागाल्यान्ड पाउँछन् भने हामी गोर्खालीले गोर्खाल्यान्ड किन नपाएको ? भारतमाताको एउटै सन्तानमा अन्तर किन ? मृत्यु से हमें डर नहीं लगता भन्ने मान्छेले या त झुटो बोल्दैछ, या उ पक्कै पनि गोर्खा हो भन्छन् , किन ?
गोर्खाहरुले ज्यानको माया मारेर आजसम्म कस्को लागि लड़दै आएका छौं ? कस्को लागि शहीद भैरहेका छौं ? एकमात्र भारतवर्षको लागि। यदि यो सत्य हो भने, भारतमा नै हामी पाहुना किन ? शरणार्थी किन ? के हाम्रो इमान्दारिताको मूल्य केवल तिरस्कार हो ? हाम्रो कर्तव्य र सेवा भावलाई किन गुलामी साबित गर्दैछ भारत सरकारले ?
शान्तिप्रिय ढङ्गले मागेको हाम्रो विवशता किन सुन्दैन सरकारले ? भारत सरकार त हाम्रो अभिभावक हो हो। अभिभावक छोराछोरीहरुलाई लत्याउने कि माया गर्ने हो ? विदेशमा केही आफत विपत परे सहयोग गर्नलाई सबैभन्दा पहिला भारत पुग्छ। तर सरकारले भारतभित्रै आफ्नो सन्तानको दुःख किन नबुझेको ? सोंचेर ल्याउँदा दुःखले मुटु चिरिएर आउँछ। सरकारको अगाड़ी आत्मदाह गरुँ कि जस्तो पनि लाग्छ, कैले कैले त निकै दुःख पोख्ने डा. किङ्ग गुनु घर्तीले भारत सरकारसम्म सम्पूर्ण भारतीय गोर्खाहरुको गुनासो पुराएर सरकारलाई झक्झकाउन बनाइएको लघु चलचित्र “वन म्यान आर्मी”, हाम्रो अभियान गोर्खाल्यान्ड हेर्नैपर्ने एउटा ऐतिहासिक चलचित्र बनेको बताइएको छ।












