खोङ खोलामा पुल निर्माणको कार्य शुरु

Share this news

सोनादो,  (निसं):सोनादाको पेट्रोल पम्पदेखि भालुटार, मिलिङ बस्ती हुँदै नाली चउर निस्कने रोडमा पर्ने खोङ खोलामा पुल निर्माणको कार्य शुरु भएको छ। उक्त पुल गत 4 अक्टोबरको राती आएको अविरल वर्षाको कारण क्षतिग्रस्त भएको थियो।

उक्त खोङ खोलामा रहेको पुल भत्केपछि रोड पनि क्षतिग्रस्त भएको थियो। यस पुल भत्किएपछि रंगमुक, सिडर्स, मिलिङ बस्ती, नाली चउर क्षेत्रका जनसाधारणलाई धेरै असुविधा भईरहेको थियो। किनभने यो रोड यस क्षेत्रको जनसाधारणको लागि वैकल्पिक मार्गको रूपमा रहेको थियो। तर 4 अक्टोबर राति आएको अविरल वर्षाका कारण क्षतिग्रस्त भएपछि यो रोड बन्द अवस्थामा रहेको थियो।

यस वैकल्पिक मार्गको बन्दावस्थाले स्थानीयहरु र विद्यार्थीहरुलाई धेरै असुविधा भईरहेको थियो भने यस क्षेत्रको धेरैवटा गाउँहरुलाई सोनादासित जोड्न सकिरहेको थिएन। उक्त क्षतिग्रस्त पुलको निरीक्षण गर्नलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा गत 5 नोभेम्बर 2025 मा पुगेका थिए।

उक्त निरीक्षणको समयमा उनले यस क्षतिग्रस्त पुल पुनः निर्माण गरिदिने वचन दिएका थिए। उनको उक्त वचन अनुसार नै खोङ खोलामा रहेको क्षतिग्रस्त पुल निर्माणको कार्य अहिले शुरु भएको छ। यस पुलको निर्माण कार्य शुरु भएपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन्‌‍ किनभने यस पुलको निर्माणले सोनादासित मिलिङ बस्ती, नाली चउर, रंगमुक, सिडर्स क्षेत्रलाई वैकल्पिक रुपमा सजिलैसित जोड्ने काम गर्नेछ।

यस पुलको निर्माण कार्य चाढै र गुणस्तरीय रुपमा हुने कुरामा स्थानीयहरु आशावादी रहेका छन्‌‍।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ