काव्यश्री उत्तर बंगालमा पहिलो डान ब्ल्याक बेल्ट 

Share this news

पेशोक, 24 नोभेम्बर(निसं): पेशोक चियाबारी निवासी सात वर्षीय काव्यश्री छेत्रीले कराते जगतमा नयाँ छाप बनाउन सफल बनेकी छिन्ज। उक्त सफलताले काब्यश्रीको पिता कमल छेत्री अनि बाजे कुमार छेत्रीले हर्ष व्यक्त गरेका छन्। प्राप्त जानकारी अनुसार,  सात बर्षीय काव्यश्री राष्ट्रिय कराँते प्रशिक्षक तन्मय कराँते अकादमीमा प्रशिक्षण लिँदै उत्तर बंगालको पहिलो डान ब्ल्याक बेल्ट र एमएसकेएआई (एमएसकेएआई)-द्वारा राष्ट्रिय रूपमा मान्यता प्राप्त सबै भन्दा सानी ब्ल्याक बेल्ट बनेकी छिन्। छोरी काव्यश्रीले उक्त उपलब्धी हासिल गरेको खबरले यता पेशोक चियाबारीमा पनि खुशीको माहौल छाएको छ् । परिवारमा निक्कै खुशीको परिवेश छाएको छ् । काव्यश्रीको यस उपलब्धिले उनको खेल प्रतिको समर्पण, कडा परिश्रम र जोश अन्तर हृदयमा निहित रहेको प्रमाण हो भन्दा फरक नपर्ला। कराँते जगतमा नानी काव्यश्रीको उल्लेखनीय यात्राले यस क्षेत्रका युवाहरुको लागि प्रेरणा, हौसला प्रदान गर्दछ । दार्जीलिङ पहाडी क्षेत्रमा पनि खेलकुदमा दक्षता पुर्ण अनि उत्कृष्टताको सम्भावना रहेको काव्यश्रीको सफलताले दर्शाएको छ।पेशोक चियाबगानमा शिक्षा, कला अनि खेलकुदमा पनि दक्षता पुर्ण खेलाडीको कमी छैन भन्न सकिन्छ जसको उदाहरण सामु छ् सात बर्षीय काव्यश्री। पेशोक चियाबारीका सरस्वती उच्चतर विद्यालयका पुर्व अशिक्षण कर्मचारी कुमार छेत्रीका कान्छा छोरा कमल छेत्रीको छोरी हुन् काब्यश्री। कराँते खेलाडी काव्यश्रीले विगतमा यसै खेल मार्फत स्वर्ण पदक प्राप्त गर्न सफल बनेका थिए भने अहिले आएर उत्तर बंगालमा पहिलो डान ब्ल्याल बेल्टको उपाधी लिएर ईतिहास रचेकी छिन् । छेत्रीको उक्त उपलब्धिले क्षेत्रको शान बडेको अनि पेशोक चियाबारी मात्र नभएर सम्पुर्ण कराँते जगतलाई गौरवान्वित तुल्याएको छ। सबैले नानीको उपलब्धिमा बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ