जीर्ण बन्दै काश्येम लाइब्रेरी

Authored By: शुक्रमणि रसाइली

Share this news

कुनै समय विद्यार्थी, शिक्षक, साहित्यकार र शिक्षाप्रेमीहरूको साझा अध्ययन केन्द्रका रूपमा परिचित काश्येम लाइब्रेरी  संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ। एक समय ज्ञान, अध्ययन र बौद्धिक बहसको केन्द्र मानिएको यो पुस्तकालय अहिले पुरानो चहलपहल गुमाउँदै गएको छ। स्थानीयवासी र बौद्धिक समुदायले यसलाई केवल एउटा भवन नभई क्षेत्रको ऐतिहासिक, शैक्षिक र सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउन थालेका छन्।

स्थानीय सचेत युवा समित तामाङका अनुसार काश्येम लाइब्रेरीबाट धेरै पुस्ताले ज्ञान हासिल गरेका थिए। यही पुस्तकालयले विद्यार्थीहरूलाई अध्ययनको वातावरण दिएको मात्र होइन, समाजमा चेतना फैलाउने र जिम्मेवार नागरिक निर्माण गर्ने कार्यमा समेत महत्वपूर्ण भूमिका खेलेको थियो। तर समयसँगै यसको भौतिक संरचना जीर्ण बन्दै गएको छ भने आवश्यक संरक्षण र मर्मतसम्भारको अभावले यसको अस्तित्व नै संकटमा परेको छ।

तामाङका अनुसार, यदि सम्बन्धित विभाग, जनप्रतिनिधि र स्थानीय समुदायले समयमै गम्भीर पहल नगर्ने हो भने काश्येमको यो महत्वपूर्ण सम्पदा इतिहासका पानामा मात्र सीमित हुने जोखिम बढ्दै गएको छ। उनले पुस्तकालयलाई बेवास्ता गर्नु भनेको भावी पुस्तालाई ज्ञानको एउटा महत्वपूर्ण स्रोतबाट वञ्चित गर्नु सरह हुने बताए।

उनले समाजमा केही मानिसले “अब पुस्तकालयको आवश्यकता छैन, पढ्ने मानिस नै छैनन्” भन्ने धारणा राख्ने गरेको उल्लेख गर्दै त्यो सोच गलत भएको बताए। उनका अनुसार काश्येम लाइब्रेरी केवल पुस्तक राख्ने स्थान मात्र होइन, यसले क्षेत्रको इतिहास, पहिचान, संस्कृति र बौद्धिक सम्पदालाई बोकेको छ। यसको संरक्षण गर्नु भनेको एउटा भवन बचाउनु मात्र नभई आगामी पुस्ताका लागि ज्ञान र संस्कृतिको आधार सुरक्षित गर्नु हो।

समय परिवर्तनसँगै अध्ययन र अनुसन्धानका माध्यम पनि परिवर्तन भइरहेका छन्। त्यसैले अब काश्येम लाइब्रेरीलाई आधुनिक प्रविधिसँग जोड्दै ई–लाइब्रेरी का रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको तामाङको भनाइ छ। डिजिटल पुस्तक, ई–बुक, इन्टरनेट सुविधा, कम्प्युटर, डिजिटल अभिलेख र आधुनिक अध्ययन कक्षको व्यवस्था गर्न सकिए यस पुस्तकालयलाई पुनः जीवन्त बनाउन सकिने उनको विश्वास छ।

तामाङले यस विषयमा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि न त सम्बन्धित विभागले गम्भीर चासो दिएको, न त क्षेत्रीय राजनीतिक नेतृत्वले आवश्यक पहल गरेको आरोप लगाए। अब भने ढिलाइ नगरी पुस्तकालयको संरक्षण, पुनर्निर्माण र आधुनिकीकरणका लागि स्पष्ट कार्ययोजना बनाइनुपर्ने उनको माग छ।

उनका अनुसार पुस्तकालयमा कर्मचारी थप्नु मात्र समाधान होइन। यसको दीर्घकालीन संरक्षण, प्रभावकारी व्यवस्थापन र आधुनिक रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने समय आएको छ। यदि आज नै आवश्यक पहल गरियो भने काश्येम लाइब्रेरी फेरि ज्ञान, अनुसन्धान र अध्ययनको केन्द्रका रूपमा स्थापित हुन सक्छ। तर बेवास्ता गरिरहे भविष्यका पुस्ताले हाम्रो लापरवाहीलाई इतिहासको उदाहरणका रूपमा पढ्नुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी छ।

अहिले मुख्य प्रश्न भनेको “काश्येम लाइब्रेरीको संरक्षण कसको जिम्मेवारी?” भन्ने रहेको छ। स्थानीयवासीहरूका अनुसार यो कुनै एक संस्था वा व्यक्तिको मात्र दायित्व होइन। सम्बन्धित सरकारी विभाग, जनप्रतिनिधि, सामाजिक संस्था, शिक्षाप्रेमी र स्थानीय समुदाय सबैले साझा जिम्मेवारीका साथ अघि बढे मात्र यस ऐतिहासिक धरोहरलाई जोगाउन सकिनेछ। उनीहरूले काश्येम लाइब्रेरीको संरक्षण र आधुनिकीकरणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।


Share this news
आजको रोजाइ
kashem-library-is-falling-into-disrepair

जीर्ण बन्दै काश्येम लाइब्रेरी

सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित

Lower Bhalukhop is becoming a new destination for natural beauty and adventure tourism.

तल्लो भालुखोप प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको नयाँ गन्तव्य बन्दै

प्रधानमन्त्री शाहद्वारा राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप ऊर्जाशील बनाउन आह्वान 

दूरसञ्चार प्राधिकरणमा ४ नियुक्त, नियामकीय भूमिका बलियो बनाउन निर्देशन

मुम्बई मोनोरेलले नयाँ गति लियो, नयाँ कोचको परीक्षण भयो सफल

मुम्बई मोनोरेलले नयाँ गति लियो, नयाँ कोचको परीक्षण भयो सफल

एसआइआरमाथि राजनीतिक दलसँग मतदाता नामावली पर्यवेक्षकको बैठक

एसआइआरमाथि राजनीतिक दलसँग मतदाता नामावली पर्यवेक्षकको बैठक

विद्यार्थीहरू सीएम साथी परिवर्तनकारी कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा 

विद्यार्थीहरू सीएम साथी परिवर्तनकारी कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा 

महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

आजको रोजाइ