सभासद कल्पना प्रधानद्वारा कैलापानी गाउँ अनि प्राथमिक पाठशालाको भ्रमण

Share this news

मकैबारी,27 जून(निसं):अ जीटीएको पंखाबारी अम्बटे लङ्भ्यु समष्टिका कार्यकारि सभासद कल्पना प्रधानले बिहीवार मकैबारी चियाबगान अन्तर्गत कैलापानी गाउँ अनि यहाँको कोदोबारी गाउँमा अवस्थित जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन्। तिनले सर्वप्रथम यहाँको कैलापानीको एघार घर पैह्रो पिडितहरूको पुनर्वासको निम्ति भइरहेको जमीनको समस्या विषय बुझ्न अनि पिडित परिवारहरूसँग भेट्न आइन् औ तिनले बगान कर्तृपक्षसँग यसबारे कुराकानी गरिन्। तिनले बगान पक्षलाई पिडितहरूको निम्ति बनाइने भनिएको घर अघि नापिएकै जमीनमा दिने आग्रह गरिन्। यस अवधि मकैबारी चियाबगानकी प्रमुख लक्ष्मी सुब्बा, महाप्रबन्धक एस दास, सह प्रबन्धक पेमा लामा आदिको पनि उपस्थिति रहेको थियो। यहाँको जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन् तथा यसै विद्यालयका शिक्षक शिक्षिकाहरूसँग भेट गरेर स्कूलको समस्याबारे जानकारी लिइन्। तिनले यहाँको जुनियर हाइ स्कूलको पनि निरीक्षण गरिन् औ विद्यालयका शिक्षिकाहरूसँग भेट गरेर तिनीहरूको समस्याहरू बुझिन्। यस अवधि तिनले आफ्नो पक्षबाट स्कूल भवन निर्माणको निम्ति सम्बन्धित विभागसँग कुरा राखेको औ अवश्यनै विद्यालय भवन निर्माण हुने प्रतिश्रुति दिइन्। तिनले जीटीए अनि यसका प्रमुख कार्यपाल अनित थापा पहाडको स्वस्थ्य अनि शिक्षाको निम्ति धेरै चिन्तित रहने तथा यस दिशामा तिनले धेरै कार्य गरिसकेको जनाउँदै यस पाठशालाको अवस्था प्रति पनि उनी अवगत रहेको जनाउँदै अवश्य नै नयाँ पाठशाला भवन निर्माणमा उनले सकारात्मक पाइला चाल्ने विश्‍वास व्यक्त गरिन्। प्रधानले आफ्नो पक्षबाट पनि अघिबाटै सम्बन्धित विभागलाई यसबारे अवगत गराइसकिएको औ विभागबाट पनि सकारात्मक प्रतिक्रिया आएको जनाउँदै यद्यपि यसको निम्ति यहाँका सबै जनता एक भएर बस्नुपर्ने तथा यस दिशामा निरन्तरता दिने आग्रह गरिन्। सभासद प्रधानसँगै स्थानीय भागोप्रमो प्रतिनिधि मण्डल छेत्रीको पनि उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

आजको रोजाइ