पैह्रोले अवरुद्ध बनेको ७ माइल बाइपास सड़कमा यातायात सुचारु

Share this news

कालेबुङ, ३० मई (निसं)ः
गएरातिको अविरल वर्षाले ३३ नम्बर समष्टि अन्तर्गत कालेबुङ ७ माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा उक्त सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ्। यो सड़क मंगबोल बस्ती र अरू पाँचभन्दा बढी गाउँहरूको जीवनरेखा मानिन्छ, जसले गर्दा पैह्रोले व्यापक असर पारेको छ।
स्थानीयवासीहरूका अनुसार रातको समयमा खसेको पैह्रोले सड़कका दुबै दिशामा सवारी साधनहरू अड्किएका थिए्। पैह्रोका कारण स्थानीय बासिन्दाहरू दैनिक ओहोरदोहोर, आपतकालीन सेवाहरू र व्यापारमा ठूलो असुविधामा परेका थिए।
घटनापछि शुक्रबार बिहानैदेखि स्थानीय प्रशासनले तत्काल सरसफाइको काम शुरू गर्‍यो। क्षेत्रीय कार्यकारी सभासद् सिनोरा नाम्चु र कालेबुङ पञ्चायत प्रधान तसुथिङ लेप्चाको नेतृत्वमा जेसीबी मेसिनमार्फत पैह्रो हटाउने कार्य गरिएको थियो। तिव्र प्रयासपश्‍चात् शुक्रबार दिउँसोबाट पुनः यातायात सञ्चालनमा आएको छ।
पत्रकारहरूसँगको कुराकानीमा सभासद् नाम्चुले भनिन्, गएरातिको झरीले ७ माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा स्थानीयवासीहरूलाई अप्ठ्यारो भयो। हामीले तत्काल आवश्यक मेसिनको व्यवस्था गरेर बिहानैदेखि सरसफाइको काम शुरू गरेका थियौँ, अहिले सड़क सुचारू भइसकेको छ।
सभासद् नाम्चुले मनसुन शुरू हुन लागेको उल्लेख गर्दै आगामी दिनमा सम्भावित विपद्हरूका लागि आफू पूर्ण रूपमा तयार रहेको बताइन्। साथै, उनले समष्टिवासीलाई सतर्क रहन र आपतकालीन अवस्थामा प्रशासनसँग सहकार्य गर्न आग्रह गरिन्।
स्थानीय बासिन्दाहरूले नेतृत्व र तिव्र पहलको प्रशंसा गर्दै सडक खोलिएकोमा राहतको महसुस गरेका छन्। वर्षा यामसँगै जोखिम बढ्ने भएकाले प्रशासनले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ