Junu Gautam's
Junu Gautam's

गायिका जुनु गौतमको दुइ भीडीओ अल्बम लोकार्पित

Share this news

चर्चित गायिका जुनु गौतमको दुइवटा भीडीओ अल्बमको लोकार्पण आइतबार गरिएको थियो। जसमा शव्दकार तथा सङ्गीतकार पीटी यल्मोद्वारा सङ्गीतवद्ध एउटा भजन र एउटा गीतको भीडीओ अल्बमको लोकार्पण गरिएको थियो। जसको संयोजन जीवन प्रकाश प्रधानले गरेका छन्। चर्चित सङ्गीतकार एवं अधिवक्ता जीवन अधिकारीको अध्यक्षतामा सालबाडीको प्रज्ञा भवनमा आयोजना गरिएको थियो। उक्त समारोहमा विशिष्ट अतिथिहरू नाटक र चलचित्रका विशिष्ट अभिनेताद्वय जीवन गुरूङ, ललित गोले, साहित्य अकादमी पुरस्कार विजेता मुक्ति उपाध्याय बराल, साहित्यकार ज्ञानेन्द्र खतिवडा, उद्घोषक र अभिनेता महेन्द्र थापा नरबीर रसाइली उपस्थित थिए। यसरी नेपाली सङ्गीत जगतका नायक, गायक सङ्गीतकार भानु रामुदामु, निर्माता-निर्देशक बिनोद विष्ट, गायक सङ्गीतकार पूजन लोहागन-अनुपमा प्रधान, गायक उत्तम अधिकारी, गायक सङ्गीतकार, अभिनेता सुनील खाती सुमित, निर्माता-निर्देशक राजु सशाङ्कर, अभिनेता टिकुम शर्मा, हिमालय दर्पणका प्रधान सम्पादक शिबु छेत्रीलगायत सङ्गीत र कलासङ्ग आवद्ध मानिसहरू उपस्थित थिए। स्वराञ्जली अकादमीको ब्यानरमा आयोजित समारोहमा रञ्जीता सुनार, प्रकाश प्रधान, शशी रसाइली, माया प्रधान रोका, आशीष खातीलगायत अन्यान्यले गीत प्रस्तुत गरेका थिए। यसै गरी कर्मा म्युजिक अकादमीका कलाकारहरूले गणेश वन्दना नृत्य गरेका थिए। उक्त समारोहमा शव्दकार तथा सङ्गीतकार पीटी यल्मोद्वारा दुइ अल्बम बनाउँदाको अनुभव बाँट्दै सबै कलाकारहरूलाई अरूको होइन आफ्नै गीत गाउने अनुरोध गरे। यसरी नै गायिका जुनु गौतमले उनलाई अघि बढाउन साथ दिने गीतकार, सङ्गीतकारहरू सबैप्रति कृतज्ञता ज्ञापन गरिन्। समारोहमा अल्बमका निर्देशक, कलाकारहरू, वाद्यवादकहरू यो कार्यक्रम सफल पार्न संयोजक देवीलाल प्रधानलगायत अन्यान्यको विशेष योगदान रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ