तीनवटा समष्टि गोरामुमोको संयुक्त साङ्गठानिक सभा

Share this news

दार्जीलिङ,22 फरवरी(निसं):गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो) दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत बिजनबारी-गोक समष्टि , रेलिङ-कैजले समष्टि अनि रिम्बिक- लोधोमा समष्टिको संयुक्त सभा गोरामुमो केन्द्रीय समिति सदस्य आरसी गुरुङको अध्यक्षतामा लोधोमा नाम्ला सार्वजनिक भवनमा सम्पन्न भयो। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाको प्रमुख उपस्थितिमा गोरामुमो केन्द्रीय समिति सदस्य सन्दिप लिम्बू , केन्द्रीय समिति मुल सचिव पुरण राई , केन्द्रीय कार्यलय सचिव अमर तामाङ , दार्जीलिङ ब्राञ्च कमिटी उपाध्यक्ष गाइस सुब्बा , गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान , तीन वटा समष्टिका अध्यक्ष-सचिव , भ्रातृ संगठनका प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।यस  साङ्गाठानिक सभामा केन्द्रीय समिति सदस्य सन्दिप लिम्बुले, भारत सरकार द्वारा गोर्खाको राजनैतिक समाधानको निम्ति  नियुक्त गरेको अन्तरवार्ताकार ( इन्टरलोक्युटर )-को भुमिका अनि पार्टीले वहाँ संग राखेको विषय बस्तु बारे सभालाई जानकारी गराए । दार्जीलिङ ब्राञ्च कमिटी उपाध्यक्ष गाइस सुब्बाद्वारा वर्तमान पहाडको राजनैतिक परिवेशबारे सभामा जानकारी गराए । आजको साङ्गाठानिक सभा चुनावी सभा नभएर साङ्गाठानिक विस्तारको निम्ति गरिएको सभा हो । सङ्गठनलाई बलियो बनाउनको निम्ति अब उसो सबै समष्टिहरु एक आपसमा हातेमालो गर्दै अधि बड्ने समष्टिका प्रतिनिधिहरुले जनाए। यसैक्रममा रिम्बिक-लोधोमा समष्टि गोर्खा राष्ट्रिय नारी संगठनको संयोजिका पदमा मेनुका चाम्लिङ राईलाई सर्वसम्मतिले चयन गरियो । गोरामुमोले साङ्गाठानिक विस्तारलाईनै अघि बडाउदै कार्य गर्नुपर्छ । गोर्खा जातिको राजनैतिक समस्याको समाधान चाडैं हुन्छ तपाईहरु सुर्ताउनु पर्दैन । सबै कार्यहरू भइसकेका छन् । यसकारण निर्धक्क बस्दा हुन्छ , हामी अब जनस्तरमा गएर सम्झाउने बुझाउने कार्यहरू गर्नु पर्छ भनी एमजी सुब्बाले सभामा जानकारी गराए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ