Traffic jam happening for a few days reminded [people] of the alternative route

केही दिनदेखि भइरहेको यातायात जामले वैकल्पिक मार्गको याद दिलायो

Share this news

खरसाङ, (निसं): विगत केही दिनदेखि खरसाङ शहरी क्षेत्रमा भइरहेको यातायात जामको समस्याले जनसाधरणलाई वैकल्पिक मार्गको याद दिलाएको छ। वर्तमानमा मानिसहरूमा वैकल्पिक मार्गको बारेमा चर्चा चलिरहेको छ। पटक-पटक भइरहने यातायात जामले मानिसहरू दिक्क बनेका छन्‌‍। यातायात जामको कारण मानिसहरूले विभिन्न समस्याको सामना गरिरहेका छन्‌‍। केही दिनदेखि खरसाङ्को रोहिणी रोड त्यसपछि खरसाङ बजार भएर सिक्किमका गाड़ीहरू पनि चलिरहेका छन्‌‍ भने दार्जीलिङदेखि सिलगढ़ी जाने गाड़ीहरू पनि खरसाङ बजार भएर रोहिणीबाट चलिरहेका छन्‌‍। अघिको समयमा खरसाङ बजार क्षेत्रमा यान-वाहनको चलाचलमा अधिक वृद्धि भएको स्थितिमा दार्जीलिदेखि सिलगढ़ी गइरहेका गाड़ीहरू खरसाङ टुरिष्ट लजबाट कप्तान सुरज शर्मा पथ (बाईपास रोड) बाट पंखाबारी रोड भएर पठाइन्थ्यो। कप्तान सुरज शर्मा पथ विगतको वर्षाको भलले क्षतिग्रस्त बनेकोले यसको मरमत कार्य चलिरहेको छ। वर्तमानमा दार्जीलिङदेखि सिलगढ़ी जाने गाड़ीहरू उक्त मार्गबाट चलाउने स्थिति छैन। यसो हुँदा खरसाङ बजार भएर यान-वाहनको चलाचलमा थप वृद्धि भएको छ। खरसाङ बजारको साँघुरो सड़क त्यसैमाधि गाड़ी जामको स्थितिले जनसाधरण दिक्क बनेका छन्‌‍। जामको अवस्थामा आफ्नो आवश्यक कामको निम्ति बजारमा हिँड़िरहेका मानिसहरू फतफताउदै हिँड़िरहेको देखिएको छ। खरसाङ बजारमा यस प्रकार समय-समयमा हुँने गाड़ी जामको समस्या समाधानको निम्ति वैकल्पिक मार्ग निर्माणको निम्ति चाँड़ो भन्दा चाँड़ो पाइला चाल्नु पर्ने धेरै मानिसहरूले आफ्नो मनसाय जाहेर गरिरहेका छन्‌‍। पुलिस विभागमा कार्यरत डुमाराम बस्तीका एक व्यक्तिले वर्तमानको जामको स्थिति चिन्ता जनक रहेको बताउदै खरसाङ बजारमा हुने यस प्रकारको जामको समस्यालाई भविष्यमा हुँन नदिनको निम्ति वैकल्पिक मार्ग नै उत्तम र उपयुक्त कदम बताए। तिनले दुधेदेखि माथिबाट बुङ्कुलुङ हुँदै धजिया बस्ती हुँदै गएको सड़कलाई दार्जीलिङ गामी वैकल्पिम मार्गको रुपमा विकसित गरिएको खण्डमा उपयुक्त हुने बताए। डाउहिल रोडका कुमार थापाले खरसाङ्को चौकी डाँड़ाबाट डाउहिल, चिम्नी, देवराली, बाघगौड़ा हुँदै घुम-जोरबंगलो निस्कने बाटोलाई वैकल्पिक मार्गको रुपमा विकसित गर्नु पर्ने बताए। तिनले वर्तमानमा पनि यो बाटोलाई वन्‌‍ वेको रुपमा चलाउन सकिने तर बाघगौड़ादेखि ओह्रालो दिलाराम निस्कन पर्ने अवस्था रहेको बताए। तिनले भने डाउहिल, चिम्नी, देवरालीदेखि बाघगौड़ासम्म बाटो राम्रै छ तर त्यहाँदेखि उता जंगल क्षेत्रमा बाटो अति साँघुरो र ठाउँ-ठाउँमा भक्तिएको अवस्थामा छ। यसैले यो बाटोलाई वन्‌‍ वे गरिएको खण्डमा दिलारामदेखि बाघगौड़ा निस्किएर चिम्नी, देवराली, डाउहिल भएर चौकी डाँड़ासम्म गाड़ी चलाउन सकिन्छ। तिनले वर्तमानमा पनि कतिपय गाड़ी राष्ट्रिय राजमार्ग 110 मा जाममा पर्ने भयले यो बाटो चलिरहेको पनि बताए। खरसाङ, खरसाङ वरिपरिका स्थान लगायत पहाड़मा गाड़ीको संख्यामा प्रत्येक दिन बढ़ोत्तरी भइरहेको छ। विगतको तुलनामा पहाड़ घुम्न आउने पर्यटकहरूको संख्यामा पनि वृद्धि भइरहेको छ। यस्तो अवस्थामा ब्रिटिश कालमा निर्माण गरिएको साँघुरो वर्तमानको राष्ट्रिय राजमार्ग 110 को भरमा बसेको खण्डमा भविष्यमा यातायात जामको समस्याले अझ विकराल रुप लिन सक्ने पर्याप्त सम्भावना देखिएको छ। वैकल्पिक मार्गको चर्चा वर्तमानमा सरकारको माथिल्लो स्तरमा चलिरहेको कुरो प्रकाशमा आइसकेको छ। यसको निम्ति चाँड़ो कदम चाल्न पर्ने आवश्यकता देखिएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान