इन्टरलोक्युटर गोर्खालाई लट्टाउने वहाना मात्र- नारी शक्ति

Share this news

खरसाङ, (निसं): इन्टरलोक्युटर पहाड़ आएर घुमेर फर्किन्छ कारण पहाड़ शान्ता छ। हामी इन्टरलोक्युटरलाई स्वागत गर्दछैाँं तर गोर्खाहरुको समस्या समाधानको लागि इन्टरलोक्युटर किन चाहियो पीपीएस भनेको त इन्टरलोक्युटर पो रहेछ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिको केन्द्रीय अध्यक्षा एंव खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीले बताएकी छन्‌‍।

उनले आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै इन्टरलोक्युटर विषयमा आफ्नो प्रतिक्रिया दिन्दै भनिन्‌‍- हामीलाई इन्टरलोक्युटर चाहिन्दैन किनभने गोर्खाहरुको समस्या प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत थाहा छ, भाजपा सरकारलाई पनि थाहा छ कि गोर्खाहरुलाई गोर्खाल्याण्ड चाहिएको छ। प्रधानमन्त्रीले गोर्खाहरुको सपना मेरो सपना भनेको थियो। अहिले यतिको वर्षपछि मात्रै केवल इन्टरलोक्युटर पठाउनु हामीलाई इन्टरलोक्युटर चाहिन्दैन।

उनले अझ भनिन्‌‍- इन्टरलोक्युटर आज दार्जीलिङ्मा बसेर 26 जनवरीमा खरसाङ्को जनसभामा आउने भएको हरे तर यो जनसभा सीधा साधा गोर्खाहरुलाई झुक्काउन मात्रै आयोजना गरिएको हो। यो जनसभा केवल चुनावी जनसभा मात्रै हो। तर हामीलाई चुनाव अघि नै गोर्खाहरुको सपना पूरा भएको हुनुपर्छ, चुनावपछि होइन। इन्टरलोक्युटर गोर्खाहरुलाई लट्टाउने बहाना मात्रै हो, अब हामी लट्टिनु हुँदैन।अनु छेत्रीले अघि भनिन्‌‍-हामीले अहिलेसम्म तीनजना सांसदलाई जिताएर पठाएका छौँ। वर्तमान सांसद राजु विष्टलाई झन दुईपल्ट जिताएर पठाएका हैाँं र उनी गोर्खा भएकोले गोर्खाहरुको समस्या बुझ्नु पर्ने हो। तर अहिलेसम्म गोर्खाहरुको समस्या समाधान गर्न केवल इन्टरलोक्युटर मात्रै पठाएको हो हामीलाई इन्टरलोक्युटर चाहिन्दैन। अब हामी सबैजना सचेत हुन जरुरी छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ