टार्जन द वण्डर कार चलचित्रको नायकबाट प्रेरणा प्राप्त गरेका कुन्साङ लगतार अघि बढ़दै

Share this news

खरसाङ, (मोहन प्रसाद): लगभग 20 वर्ष अघि एकजना बालकले टार्जन द वन्डर कार नामक हिन्दी चलचित्र हेरेर धेरै प्रभावित भएका थिए । उक्त चलचित्रका हिरोसित तिनी यति धेरै प्रभावित बनेका थिए कि त्यसै समय उक्त बालकले आफू एकदिन तिनी पनि टार्जन द वन्डर कार फिल्मका हिरो वत्सल सेठ जस्तै बनिने मन बनाएका थिए। आज लगभग 20 वर्षपछि तिनले देखेको सपना पुरा नभए तापनि तिनले देखेका सपना र लक्ष्यको सही दिशा तर्फ तिनी अघि बढ़िरहेको पाइएको छ।
खरसाङ्को चिम्नी-देवराली क्षेत्र अन्तर्गत तीन माइल निवासी 25 वर्षीय कुन्साङ लेप्चाले आफूले देखेको सपना अहिले नै पुरा नगरे पनि आफ्नो प्रतिभा, कला र प्रस्तुतीले धेरैको मन जित्न सफल बनेको छन्‌‍। कुन्साङ लेप्चाले विगत केही वर्षदेखि नर्थ इष्ट क्षेत्रमा आयोजित विभिन्न मोडेलिङ प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै लोकप्रिय बन्दै गइरहेका छन्‌‍। यी प्रतियोगिताहरूको विभिन्न टाइटलले तिनी सम्मानित पनि भइरहेका छन्‌‍।
यसै क्रम अन्तर्गत, सिक्किममा आयोजित नर्थ इष्ट सुपर मोडल 2024 मा मिस्टर केप्टिवेटिङ स्माइल अवार्डले तिनी सम्मानित भएका थिए भने पछि कालेबुङ्मा आयोजित फेस आफ द हिल्स 2025 नामक एउटा मोडेलिङ प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रस्तुति राख्दै फर्ट्स रनर अप एण्ड मिष्टर फिजिक सम्मानले पुरस्कृत भएका थिए । तिनले आफ्नो सफलताको क्रमलाई अघि बढ़ाउँदै आसाममा आयोजित नर्थ इष्ट इण्डिया 2025 मोडेलिङ प्रतियोगितामा मिष्टर बेस्ट पर्सनालिटी सहित उक्त प्रतियोगिताको टाइटल मिष्टर नर्थइष्ट जित्न पनि तिनी सक्षम बने।
अर्कोतर्फ तिनको अथक प्रयास साथै सफलताको कदर गर्दै विभिन्न गाउँ-समाज, सङ्घ-संस्था सहित हालैमा स्थानीय जीटीए प्रशासनद्वारा पनि तिनलाई सम्बर्द्धना व्यक्त गरिएको थियो। कतिपय मानिसहरूले बताए अनुसार, कुन्साङ्को सफलता केवल कुन्साङ्मा मात्र सीमित नरहेको तर सम्पूर्ण खरसाङ क्षेत्रको निम्ति नै एउटा गर्वको विषय रहेको बताएका छन्‌‍। यस बाहेक तिनी सम्पूर्ण बाल-बालिका, युवा-युवतीहरूको निम्ति एउटा प्रेरणा पनि बनेका छन्‌‍। जुन सपना कुन्साङले आफ्नो बाल्यकालमा देखेका थिए, त्यसलाई पुरा गर्न तिनी निरन्तर लागि परिरहेको छन्‌‍। तिनको सपना अहिलेनै पुरा नभए तापनि विस्तारै तिनी आफ्नो लक्ष्य तर्फ अघि बढ़िरहेका छन्‌‍।
मैले बाल्यकालमा हिन्दी चलचित्र टार्जन द वन्डर कार्य हेरेपछि त्यो चलचित्रको हिरो जस्तै बन्ने सपना देखेको थिएँ। त्यस चलचित्रको हिरोबाट मेलै प्रेरणा पाएर म आफ्नो जीवनमा अघि बढ़िरहेको छु भने एक दिन मेरोबाट पनि अन्यले त्यस्तै प्रेरणा पाउनेछन्‌‍ भन्ने मेरो विचार छ। म एक दिन अन्यको निम्ति त्यस्तै प्रेरणाको स्रोत बन्नेछु भनी कुन्साङले हिमालय दर्पणलाई बताए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ