Inspection to repair dry aggregate roads by IGJF
Inspection to repair dry aggregate roads by IGJF

आइजीजेएफद्वारा सुके समष्टिका सडकहरू मरम्मति गर्न निरीक्षण

Share this news

गत अक्टोबर महिनामा परेको अविरल वर्षाको कारण सुके समष्टि अन्तर्गत पर्ने राङ्गभाङ्ग जौबारी क्षेत्रमा ठूलो मात्रामा क्षति पुगेको थियो। उक्त क्षेत्रलाई जोड्ने दुई वटा बाटोमध्ये एक मार्गमा गम्भीर क्षति पुगेको छ भने सोही क्षेत्रमा रहेको पुलको अवस्थासमेत कमजोर देखिएको छ। यही कारण स्थानीय वासिन्दाहरूले इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडवर्डससमक्ष पुल मर्मतका लागि औपचारिक निवेदन पेश गरेका थिए। उक्त निवेदनका आधारमा आज समष्टि सभापति दिनेश राई, सचिव दावा शेर्पा तथा अगुवाइ सदस्य बिनोद राईको नेतृत्वमा पुलको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणपछि आइजीजेएफ प्रमुखज्यूको प्रतिवद्धता अनुसार छिट्टै नै पुल तथा बाटो मर्मतसम्बन्धी समस्याको समाधान गरिने निर्णय गरिएको छ। यसैबीच, सुके समष्टि अन्तर्गत पर्ने दस माइल ग्रुप फरेस्ट क्षेत्रमा गाउँबासीहरूले राखेको बीच सडक निर्माण सम्बन्धी निमन्त्रणाको आधारमा समष्टि सभापति दिनेश राई, सचिव दावा शेर्पा तथा अगुवाइ सदस्य बिनोद तामाङले इन्जिनियर सुरज छेत्रीसहित स्थल भ्रमण गरेका छन्। इन्जिनियर छेत्रीको नेतृत्वमा सम्पूर्ण क्षेत्रको विस्तृत प्राविधिक अध्ययन गरी आवश्यक कार्ययोजना तयार गरिने भएको छ। त्यसैगरी, सुके समष्टि चट्टाई धुरा क्षेत्रमा अवस्थित समाज भवनको मर्मत तथा नयाँ भान्सा घर निर्माणका लागि इन्जिनियर सुरज छेत्रीको प्राविधिक निगरानीमा भवनको नापजाँच कार्य सम्पन्न गरिएको छ।
यस्तै, सुके समष्टि अन्तर्गत पुलुङ्दुङ्ग गैरी गाउँमा रहेको मन्दिर परिसरमा फेन्सिङ निर्माण तथा कार्यक्रमका लागि प्रयोग हुने सानो भवन निर्माणसम्बन्धी विषयमा पनि समष्टि सभापति दिनेश राई, सचिव दावा शेर्पा, अगुवाइ सदस्य बिनोद तामाङ तथा स्थानीय बासिन्दाहरूको उपस्थितिमा प्रस्ताव तथा योजना सम्बन्धी छलफल गरी आवश्यक विवरण संकलन गरिएको छ।
सुके समष्टिले माथि उल्लेखित सबै कामहरूलाई प्राथमिकताका साथ अघि बढाउँदै स्थानीय बासिन्दाहरूको सुरक्षालाई मुख्य उद्देश्यका रुपमा लिन प्रतिबद्धता लिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ