environment clean
environment clean

परिवेश सफा राख्ने युवा प्रगति सङ्घको पहल

Share this news

कमपोजः प्रकाश
रम्बी, 30 मई (निसं)ःपरिवेश सफा राख्न प्रत्येक मानिसको दायित्व हो। आफ्ना वरिपरिका क्षेत्रको साफ सफाइ राख्न मानिसहरूको दायित्व बन्दछ। केन्द्र सरकारले मानिसहरूलाई सर- सफाइप्रति जागरूक बनाउन स्वच्छ भारत अभियान चलाइरहेको छ। तर, सबै मानिसहरुलाई अझ पनि स्वच्छताबारे जानकारी नभएको भान हुँदछ। सिटोङ पर्यटनको क्षेत्रमा प्रसिद्ध भएपछि यसले सार्वजनिक स्वास्थ्य र स्वच्छताबारे केही गम्भीर चुनौतीहरुको सामना गर्नु परिरहेको छ। विशेष गरेर सडकमा पर्यटकहरुले दैनिक रूपमा धेरै मैला कुचैला थुपार्ने गरेको हुनाले यो एउटा गम्भीर चुनौतीको रूपमा अघि आइरहेको छ। सड़कमा पोलिथीन, विभिन्न प्रकारका खाद्य पदार्थका खोलहरु जहींतहीं फ्याँकिएको अवस्थामा पाइने गरेको छ। पर्यटकहरुले विभिन्न प्रकारका वस्तुहरू गाडीबाट फ्याँक्ने गरेको कारण यसले अनेकौं समस्याहरूलाई निम्त्याइरहेको छ। अहिले सबैभन्दा धेरै समस्या युज एण्ड थ्रो गिलास, प्लेटहरू भइरहेको छ। यी चीजहरू मनोरम ठाउँमा, जहाँ पर्यटकहरू बसेर रमिता हेर्छन् त्यहाँ फ्याँकिराखेर जाने गर्दछन्। लङ्कु भ्यालीका अधिकांश ठाउँहरूमा यस्ता चीजहरू यत्रतत्र फ्याँकिएको देख्न सकिन्छ। वर्तमान समयमा थर्मोकोलद्वारा निर्मित प्लेट, गिलासहरू अधिक प्रचलनमा रहेको कारण पर्यटकहरूले सबैभन्दा धेरै यही कुराहरू लिएर आउने गरेका छन्। सबैभन्दा चिन्ताको विषय के छ भने पर्यटकहरूले जहाँ बसेर खायो त्यहीं नै युज एण्ड थ्रो सामग्रीहरू फ्याँकेर जाने गर्दछन्।
यी सबै समस्याहरूदेखि बाँच्न लङ्कु भ्यालीस्थित युवा प्रगति संघ नामक सामाजिक संस्थाले ठाउँ- ठाउँमा डस्टबिन राख्नका साथै स्वच्छता सम्बन्धी बोर्डहरू पनि लगाएको छ। यी बोर्डहरू मुख्य पर्यटकीय ठाउँमा राखिएको छ। यो विषयमा युवा प्रगति संघका सभापति अनि सचिव प्रीतिका राई अनि विद्या छेत्रीले जनाएका छन् कि पर्यटकहरुको असामाजिक ब्यवहारको कारण लङ्कुमा केही उपायहरूमाथि ध्यान केन्द्रित गर्नु परिरहेको छ। विशेष गरेर पर्यटकहरूको स्वच्छताप्रति गैर जिम्मेवार ब्यवहारले ठाउँ ठाउँमा बोर्ड लगाएका छौँ। पर्यटकहरू परिवेशलाई केवल दूषित मात्र बनाउने गरेको हामीले देखेका छौं। यसोसले समयसमयमा स्वच्छता अभियान चलाएर मैला कुचैलायुक्त परिवेश बनाउने दिशामा काम गरिरहेको उनीहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ