पञ्चायत क्षेत्रमा होमस्टे,घर,भवन निर्माणबारे जानकारी ग्राम सभामा

Share this news

मिनरल स्प्रीङ 13दिसम्बर(निसं): दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ दवाईपानी ग्राम पञ्चायतमा बिहीबार ग्राम सभा साथै डस्टबीन वितरण कार्य सम्पन्न भयो। दवाईपानी ग्राम पञ्चायत प्रधान अशोक मुखियाको अध्यक्षतामा सम्पन्न उक्त सभा पञ्चायत सचिव प्रशान्त मुखियाले सञ्चालन गरेका थिए। सभालाई क्रमशः एसटीपी सनी महतो ईए सुनिल चन्द्र छेत्री,उपप्रधान सुनिता तामाङ भोटिया अनि प्रधान अशोक मुखियाले सम्बोधन गरेका थिए। पञ्चायत अन्तर्गत रहेका चारवटा वार्डका विभिन्न गाउँ समाजका प्रतिनिधिहरु उपस्थिति माझ ग्राम सभा आयोजन गरिनुको औचित्यबारे पञ्चायत प्रधान अशोक मुखिया अनि ईए सुनिल चन्द्र छेत्रीले प्रकाश पार्दै यहाँ उपस्थित जति पनि प्रतिनिधिहरु छन् उनीहरुलाई आ-आफ्नो गाउँ ठाउँको समस्या र सो समस्या आधारित के कस्तो योजनाहरू सञ्चालन गरिनु आवश्यक छ यस बारे विस्तृत जानकारी रहेको हुन्छ यसैले यो उपस्थितिलाई लिएर नै ग्राम सभा आयोजन गरिने निधो गरिएको जनाए। सभामा उपस्थित विभिन्न गाउँ समाजका प्रतिनिधिहरुले विभिन्न गुनासो अनि सुझावहरु सहित आगामी कार्य योजनाहरू विषयमा प्रस्तावहरू पनि राखेका थिए। प्रत्येक वार्डमा संसद सभा गरिए पछि ग्राम सभा आयोजन गरिन्थ्यो तर संसद सभा आयोजन नगरी किन ग्राम सभा गरियो भन्ने विषयमा पनि प्रतिनिधिहरुले प्रश्न राखे, विभिन्न योजनाहरु जसको प्रस्ताव विगतको सभामा राखिएको छ, ती किन कार्यन्वयन हुन सकिरहेको छैन्, कोषको कमीले गर्दा कतिपय योजनाहरू कार्यन्वयन हुन विलम्ब र असक्षम भ ईरहेको छ भने सबै वार्डलाई एकैसाथ योजनाको निम्ति कोष आवन्टन नगरेर पालैपालो गरी कोष आवन्टन गरिए उचित होला भन्ने सुझाव पनि समाजका प्रतिनिधिहरुले सभामा राखे भने कोष वृद्धिको निम्ति पन्चायत प्रधानले माथिल्लो तहका अधिकारीहरू समक्ष निवेदन गरिनु पर्छ भन्ने सुझावहरु पनि राखे।  जुन कार्य योजनाहरुको निम्ति सभामा उपस्थित प्रतिनिधि तथा सदस्यहरुले प्रस्ताव राख्छन् ती प्रस्तावहरूलाई नै प्राथमिकतामा दिएर कोष आवन्टन गरियोस्  , घरमा बसेर फोन मार्फत योजना पठाउनेहरूको योजनालाई प्राथमिकतामा नदिइयोस भन्ने सुझाव पनि प्रतिनिधिहरुले सभामा राखेका थिए। सभामा एसटीपी सनी महतोले कोषहरूबारेमा विस्तृत जानकारी दिएका थिए भने ई ए सुनिल चन्द्र छेत्रीले आवन्टित कोषहरू कसरी सरकारी दिशा निर्देश अनुसार खर्च गरिनु पर्दछ त्यसबारे उल्लेख गर्दै सरकारले दिएको आदेश  अनुसार नै कार्य योजनाको निम्ति प्रस्ताव लिनु पर्ने भएको जानकारी दिए। गतका कार्य योजनाहरू पनि योजना अनुसार नै सन्चालन गरिएको जनाउँदै अहिले थीम संख्या दुई मुताबिक कार्य योजना तयार गरिनु पर्ने औ यो थीम हेल्दी ग्राम रहेको र यस अन्तर्गत के कस्तो योजनाहरू पर्दछ यसबारे उनले विस्तार जानकारी दिए भने यसै आदेश अनुरूप प्रस्ताव ग्रहण गरिनुपर्ने सुझाव दिए। सभामा उप प्रधान सुनिता तामाङ भोटियाले स्वच्छ भारत अभियान तहत दवाईपानी ग्राम पञ्चायत क्षेत्रमा भइरहेको कार्य साथै होमस्टे,घर,भवन निर्माण गरिन्दा प्लान आधारित गरिन्दा के कस्तो फाइदा हुन्छ त्यसबारे जानकारी दिइन्। सभालाई सम्बोधन गर्दै प्रधान अशोक मुखियाले दवाईपानी ग्राम पंचायतका सम्पूर्ण वार्ड अनि वार्ड अन्तर्गत रहेका सम्पूर्ण गाउँ समाजका सदस्यहरुलाई डस्टबीन वितरण गरिनुको औचित्यबारे प्रकाश पारे भने सबैले स्वच्छता विषय जागरूक रही समग्र दवाईपानी ग्राम पञ्चायतलाई नै स्वच्छ र सफा राख्ने दिशामा कार्य गर्न विषयमा आह्वान गरे। सकारी दिशा निर्देश अनुसार नै कार्य गर्नु पर्ने हुनाले हामीले प्रत्येक गाउँको गाउँवासीको विविध समस्यालाई समाधान गर्न सकिरहेको छैनौ भन्ने स्वीकार्दै समस्या समाधानको निम्ति प्रयासरत रहेको जनाए। उक्त ग्राम सभा पश्चात स्थानीय गाउँवासीको पक्षबाट भोटे बस्ती निवासी सन्तवीर राईले सभा रोचक र महत्पूर्ण रहेको जनाउँदै सभामा विभिन्न विषयहरूमाथि चर्चा परिचर्चा भएको जनाए साथै दवाईपानी ग्राम पञ्चायतद्वारा स्वच्छता तथा सरसफाई विषयमा जुन कार्य गरिरहेको छ यो अति नै सराहनीय रहेको बताए।यो कार्यमा हामी सबै सामेल बनी समग्र दवाईपानी क्षेत्रलाई नै सफा अनि सुन्दर बनाउन पर्छ। दवाईपानी क्षेत्र दिनौ दिन एउटा पर्यटन क्षेत्रमा परिवर्तित हुदै गइरहेको हुनाले सबैले यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई सुन्दर अनि स्वच्छ परिवेशको अनुभुति गर्न दिन सकौ उनले थप बताए।आज ग्राम पञ्चायतको तर्फबाट जुन डस्टबीनहरू वितरण गरिएको छ त्यसको निम्ति दवाईपानी ग्राम पञ्चायत  प्रधान,उपप्रधान ,पञ्चायत  सदस्य लगायत सम्पूर्ण कर्मचारी प्रति आभार पनि प्रकट गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ