भारतीय भूतपूर्व सैनिक सङ्गठनद्वारा सेना दिवस पालन

Share this news

खरसाङ, (निसं): खरसाङमा भारतीय सेना दिवस श्रद्धा, सम्मान र गौरवको साथ मनाइयो। भारतीय भूतपूर्व सैनिक सङ्गठन खरसाङ शाखाको आयोजनामा नगरपालिका कार्यालय मुनि रहेको सङ्गठनको कार्यालयमा सेना दिवस मनाइएको हो। कार्यक्रममा सङ्गठनका उपाध्यक्ष क्यापटन विमल प्रधानको बाहुलीबाट राष्ट्रिय झण्डोत्तलन गरिएको थियो। झण्डोत्तलनपछि सङ्गठनका सचिव पुरण थापाको साथमा उपस्थित रहेका सङ्गठनका कार्यकारिणी समिति सदस्यहरूले श्रद्धापूर्वक राष्ट्रिय गीत गाएका थिए।

कार्यक्रममा वक्तव्य राख्दै सङ्गठनका खरसाङ शाखा सचिव पुरण थापाले आजकै दिन सन्‌‍ 1949 मा भारतीय सेनाको नेतृत्व पहिलो पटक भारतीय सेनाध्यक्षलाई सुम्पिएको ऐतिहासिक घटनाको सम्झनामा प्रत्येक वर्ष 15 जनवरीलाई सेना दिवसको रूपमा मनाइन्छ भनी जनाए। तिनले यस दिनले भारतीय सेनाको शौर्य, अनुशासन, बलिदान र देशप्रतिको निष्ठालाई स्मरण गराउँछ। देशको सीमाको रक्षा होस्‌‍ वा प्राकृतिक विपद्का कठिन घड़ीमा अथवा खेलको क्षेत्रमा भारतीय सेनाले अतुलनीय र प्रशंसनीय भूमिका खेलेको छ। राष्ट्रको सार्वभौमिकता र जनताको सुरक्षाका लागि जीवन उत्सर्ग गर्ने वीर शहीदहरूको बलिदान सधैं स्मरणीय रहनेछ। यस गौरवमय अवसरमा भारतीय भूतपूर्व सैनिक सङ्गठन (इण्डियन एक्स सर्विसमेन लीग) ले सम्पूर्ण वीर सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सेवा गरिरहेका सैनिक तथा सम्पूर्ण पूर्व सैनिकहरुप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गर्दछ भनी आफ्नो वक्तव्यमा भने।

कार्यक्रममा भारतीय भूतपूर्व सैनिक सङ्गठन खरसाङ शाखाका कार्यकारिणी सदस्यहरूको साथमा साधरण सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ