बिहिबारदेखी विद्यालयहरु अनिश्चितकालीन बन्द संयुक्त शिक्षक सङ्गठनको घोषणा 

Share this news

दार्जीलिङ, 18 दिसम्बर(निसं): 313 जना शिक्षकहरुको नियुक्ति जीटीए-ले पुर्णरुपमा अवैध हो भनी कलकत्ता उच्च अदालतले सुनुवाइ गरेपछी दार्जीलिङ पहाडी क्षेत्रमा विभिन्न प्रकारका प्रतिक्रियाहरुको आवाज उठ्न थालेकोछ।
यसैवीच दार्जीलिङको संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रिय समिति उपाध्यक्ष विवेक छेत्री अनि महासचिव सन्तोस खडकाले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने शिक्षक संगठनको घोषणा छ। गत 25 वर्षदेखि दार्जीलिङ पहाड़मा शिक्षक नियुक्तिको निम्ति कुनै रिक्रुमेन्ट रूल लागु गरिएको छैन।
तब शिक्षकहरूले कुन परीक्षा पास गरेर योग्यता प्रमाणित गर्ने ? गत 25 वर्षदेखि सबैजनाले योग्यता प्रमाणित गर्न रिक्रुटमेन्ट रूल अथवा एसएससी परीक्षा लेख्न पर्खिरहेको भए दार्जीलिङ पहाड़का सबै विद्यालयहरू बन्द भइसक्थे।गत 25 वर्षको अवधिमा दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्था सम्हाल्ने काम स्वयँसेवी शिक्षक-शिक्षिकाहरूले नै गरेका छन्।
उनीद्वयले भनेका छन्,दार्जीलिङ पहाड़मा गत 2002 सालदेखि नै स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई नियुक्ति दिने प्रक्रिया बनेको हो ।
यो शिक्षक-शिक्षिकाहरूको भूल होइन तर प्रशासनिक व्यवस्थापनको गड़बड़ी हो । यसको निम्ति तत्कालीन दागोपाप, अहिलेको जीटीएसितै राज्य अनि केन्द्र सरकार दोषी छ। यसको सजाय शिक्षक-शिक्षिकाहरूले पाउनु हुँदैन। पहाड़ र पहाड़को शैक्षिक व्यवस्था पिस्सिनु हुँदैन।
कलकत्ता उच्च न्यायालयको आजको फसेलाले भोलिको दिनमा दार्जीलिङ पहाड़को अवकाशप्राप्त भइसकेका पुराना शिक्षकहरूसितै वर्तमानका अन्य शिक्षक-शिक्षिकाहरूसितै स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई समेतलाई असर पार्न सक्ने स्थिति उत्पन्न भएको छ। यसबाहेक दार्जीलिङ पहाड़मा मातृभाषा पढ़ाउने शिक्षक पनि अन्य क्षेत्रबाट आउने स्थिति पनि उत्पन्न हुँदैछ। यसैले यी परिस्थितिहरूलाई मध्यनजरमा राख्दै निर्दोष शिक्षक-शिक्षिका एवं पहाड़को शैक्षिक व्यवस्थाको सम्मानको निम्ति सङ्गठन सड़क आन्दोलनमा उत्रिने निर्णय लिएको छ।
आन्दोलनको पहिलो चरणमा भोलिदेखि दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू भोलिदेखि अनिश्चितकालीन बन्द रहने घोषणा गर्दछौं। जुन-जुन विद्यालयहरूमा वार्षिक परीक्षाहरू चलिरहेको छ अथवा रिजल्टहरू हुन लागिरहेको छ,अनि विद्यालयका वार्षिक कार्यक्रमहरू सम्पन्न हुन गइरहेको छ ती सबै कार्यक्रमहरू पनि स्थगित रहनेछ। यदि कुनै पनि विद्यालयले सङ्ग्ठन आह्वानलाई अवमान्य गर्दा कुनै पनि अप्रिय घटना भए त्यसको दायी सङ्गठन रहने छैन भनी कडा चेतावनी संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रिय समिति उपाध्यक्ष विवेक छेत्री अनि महासचिव सन्तोस खडकाले दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ