सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले माघे संक्रान्ति मेलाको शुभ अवसरमा प्रधानमन्त्री श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय, जोरथाङमा नवनिर्मित अडिटोरियम-सह-१० कोठा स्कूल भवनको उद्घाटन गरे। यस महत्वपूर्ण उपलब्धिमा संस्थामा उपस्थित हुन पाउनु मेरो लागि ठूलो गर्व र खुशीको क्षण भएको मुख्यमन्त्री तामाङले बताए। उऩले प्रधानाध्यापक, संकाय सदस्यहरू, विद्यार्थीहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरू र सबै सरोकारवालाहरूलाई हार्दिक बधाई दिंदै जसको सामूहिक प्रयासले यो परियोजनालाई वास्तविकतामा पुर्याएको बताए।
नयाँ अडिटोरियमले शैक्षिक, सांस्कृतिक र सह-पाठ्यक्रम गतिविधिहरूको लागि एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्ने विश्वास गर्दै यो कार्यले विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउने बताए। आगामी वर्षहरूमा प्रधानमन्त्री श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय, जोरथाङको निरन्तर प्रगति र सफलताको लागि मुख्यमन्त्री प्रेमसिंह तामाङले शुभकामना व्यक्त गरे।












