Inauguration of building by Member Sherpa
Inauguration of building by Member Sherpa

जीटीए प्रमुखको उपस्थितिमा सभासद शेर्पाद्वारा भवनको उदघाटन

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको उपस्थितिमा टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पाले रिबन काटेर सिंगेल चियाबारीको नयाँ धुरामा नवनिर्मित सार्वजनिक भवनको उदघाटन गरेका छन्। उक्त सार्वजनिक भवनको निर्माण राज्य फण्ड अन्तर्गत खरसाङ सिँचाई विभागबाट गरिएको छ। यस सार्वजनिक भवनको निर्माण कार्य 43 लाख 1 हजार 5 सय 94 रुपियाँमा गरिएको छ। उक्त सार्वजनिक भवनको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। सन्तोष तामाङले सञ्चालन गरेको उदघाटन कार्यक्रममा जीटीएको प्रमुख सल्लाहकार अमर लामा, क्षेत्रीय सभासद नुरी शेर्पा र जीटीए प्रमुख अनित थापाले सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा जीटीए प्रमुख अनित थापाले सिंगेल चियाबारीको जीर्णावस्थामा रहेको बाटो झट्टै बनाइदिने घोषणा गरेका छन्। उनले पहिला यहाँ कसैले आएर रोड बनाइदिने आश्वासन दिएकोले पर्खिरहेको तर अहिलेसम्म नबनाइदिएपछि स्थानीयहरुको मागमा अब यो बाटोको निर्माण कार्य चाँडै शुरु हुने घोषणा गरेका छन्। यस कार्यक्रममा नै टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप क्षेत्रबाट 32 जनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुँदै पार्टीको झण्डा थापेका छन्। यस अवसरमा सबै समर्थकहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा, नारी शक्तिका केन्द्रीय अध्यक्षा अनु छेत्री लगायत अन्यको बाहुलीबाट झण्डा प्रदान गरेर पार्टीमा स्वागत गरिएको छ। सिंगेल चियाबारीको नयाँ धुरामा नवनिर्मित सार्वजनिक भवनको उदघाटन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्षेत्रीय सभासद नुरी शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ