Tea processing center Sitong
Tea processing center Sitong

शेल्पुको थामडाँडामा ऐेतिहासिक चियापत्तिको फैक्ट्रीको उद्घाटन

Share this news

सिटोङ कुलैनबगान अन्तर्गत शेल्पु थामडाँडा लघु चिया उत्पादक समितिको अथक प्रयासमा चियापत्तिको कारखाना उद्घाटन भएको छ। उक्त ऐतिहासिक अवसरमा घुम्ती चियबगानका भुतपुर्व जेनरल म्यानेजर बैकुण्ठनाथ मुदगल प्रमुख अतिथि रहेका थिए भने गिद्ध पहाड चियाबगानका मालिक सुधांशु साहु अनि सोलिडेरी ड्याडका कन्सल्टेन्ट उत्तरकुमार राई विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। नवनिर्मित उक्त चिया परिशोधन केन्द्रमा सर्वप्रथम पण्डित तारानाथ शर्माले विधिवत रुपमा वास्तु पुजादि गरेपछि प्रमुख अतिथि मुदगल साहेबले रिबन काटेर फ्याक्ट्रीको उदघाटन गरेका थिए।

उदघाटनपछि प्रमुख अतिथि मुदगलले सम्बोधन गर्दै सिटोङ थामडाँडामा २० वर्षअघि एकदुई जनाले शुरु गरेको चियाखेतीले अहिले आएर धेरै अघि बढेको बताए। शुरुआतमा यहावाट ५ केजी काँचो चियापत्ति महलदिराम फैक्ट्रीमा लेबरले बोकेर पुर्याएको कुरा उल्लेख गर्दै वर्तमान यहीं नै फैक्ट्री बनिएको सुखद क्षणले आफु गर्वित भएको बताए। धैर्यताको फल मिठो हुन्छ उन्नति विस्तारै हुँदै जान्छ हतार गर्नुहुदैन यो भनेको दिर्घमियादी उद्योग हो हठात सबै कुरा सम्भव छैन भन्दै भविष्यमा यो फैक्ट्रीले धेरै तरक्की गर्नेछ भनी बताए। यसैगरी विशिष्ट अतिथि सुधांशु साहु अनि उत्तरकुमार राईले चियापत्तिको गुणस्तर बजार व्यवस्थापन फैक्ट्री सञ्चालन अनि यसको उत्पादन क्षमता विस्तार आदि वारेमा उत्कृष्ट जानकारी साझा गरेका थिए। एवंप्रकारले सिटोङ -२ मामरिङका चिया कृषक स्कुल खवास सिटोङ -१ जैविक लघु चिया उत्पादक सोसाइटीका सभापति बिकास बान्तवा अनि शेल्पु थामडाँडा लघु चिया उत्पादक समितिको पक्षवाट नरबहादुर गुरुङले चियापत्तिको खेती सन्दर्भमा अनुभव सुझाव राखेका थिए। यही क्रममा टि टेक्निसियन कुशल राईले फैक्ट्रीमा कस्तो क्वालिटीको पत्तीवाट कस्तो चियापति बनिन्छ भन्ने कृषकवर्गलाई जानकारी गराएका थिए।

वर्तमान यहाँ फैक्ट्री चालू हुनथालेपछि दिनमा ५०/६० केजीसम्म चियापति प्रोसेसिङ्ग गरेर उत्पादन हुनसक्ने क्षमताको घानी साथै डायर (सुकाउने मशीन) यहाँ जडान गरिएको छ, जो विस्तारै बढोत्तरी गर्दै लैजाने जानकारी अघ्यक्ष तेनछिरिङ्ग लेप्चाले जनाए। यसरी यसक्षेत्रका जागरुक कृषकहरुले आफनै जग्गाजमिनमा आफु साथै क्षेत्रका मानिसहरुलाई पनि स्वालम्बी बनाउने दिर्घमियादी चिया उद्योगलाई अप्नाउँदै निजी क्षेत्रमा निजी प्रयासमा चियापत्ति फैक्ट्री निर्माण गरेर सिटोङ क्षेत्रमा एउटा इतिहास रचेका छन्।

Share this news
आजको रोजाइ
पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

आजको रोजाइ