Important meeting of kalimpong Sports Association

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक

Share this news

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक हालै सम्पन्न भएको छ। उक्त बैठकमा प्रति वर्ष आयोजना हुँदै आएका रवि लाल मेमोरियल र भानुबराल मेमोरियल फुटबल प्रतियोगिता सम्बन्धी विषयमा गहन छलफल गरिएको थियो।

बैठकपश्चात् पत्रकारहरूलाई जानकारी दिँदै एसोसिएसनका सदस्य अशोक प्रसादले जानकारी दिए अनुसार, आगामी जुलाई १ देखि यी दुवै प्रतिष्ठित फुटबल टुनामेन्टहरू मेला ग्राउण्ड, कालेबुङ मा सुरु हुनेछन्। उनले प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले जुन २८ तारिख भित्रमा अनिवार्य रूपमा रेजिस्ट्रेशन गराइसक्नुपर्ने जनाए।

रेजिस्ट्रेसन प्रक्रियालाई सरल र व्यवस्थित बनाउन एसोसिएसनले केही अनिवार्य शर्तहरू पनि राखेको छ। यसबारे जानकारी दिँदै एसोसिएसनका कार्यकारी अध्यक्ष शान्ति मोथेले भने, “यस वर्षको लिगमा केवल कालेबुङ जिल्लाका खेलाड़ीहरू मात्र सहभागी हुन पाउने छन्। साथै, टिम दर्ताको समयमा हरेक खेलाडीको फोटो र आधार कार्ड पेश गर्नु अनिवार्य हुनेछ।”

कालेबुङको खेलप्रेमी समुदायमा उच्च प्रतिष्ठा राख्ने यी दुई प्रतियोगिताले युवाहरूको खेलप्रति रूचि बढाउने, प्रतिभा पहिचान गर्ने र खेलकुद संस्कारलाई जगेर्ना गर्ने उद्देश्य बोकेको छ। एसोसिएसनले आयोजनाको सम्पूर्ण तयारीमा जुटेको बताएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड