Mann Ghising Meeting Kalimpong
Mann Ghising Meeting Kalimpong

गोरामुमो अध्यक्ष मन घिसिङसँग कालेबुङ शाखाद्वारा महत्वपूर्ण चर्चा

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ले संगठनलाई थप सुदृढ र व्यापक बनाउने उद्देश्यले पार्टी अध्यक्ष मन घिसिङसँग विभिन्न शाखाका प्रतिनिधिहरूसँग निरन्तर छलफललाई तीव्रता दिएको छ।यसै क्रममा आज दार्जीलिङस्थित गोरामुमोको केन्द्रीय कार्यालयमा कालेबुङ शाखाका प्रतिनिधि टोलीले अध्यक्ष मन घिसिङसँग शिष्टाचार भेटघाट गर्दै संगठन विस्तार, कार्यगत सक्रियता तथा आगामी रणनीतिका विषयमा विस्तृत चर्चा गरेको छ। भेटघाटका क्रममा अध्यक्ष घिसिङले संगठनलाई जनस्तरसम्म थप प्रभावकारी रूपमा विस्तार गर्दै पार्टीको विचारधारालाई घर–घरमा पुर्‍याउन सबै कार्यकर्ताले एकजुट भएर सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संगठनको मजबुती नै गोर्खा समुदायको अधिकार र पहिचानलाई सफल बनाउने आधार भएको उल्लेख गर्नुभयो। कालेबुङ शाखाका प्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रका संगठनात्मक गतिविधि, स्थानीय जनसमस्याहरू तथा पार्टीलाई थप सशक्त बनाउने योजनाबारे अध्यक्ष घिसिङलाई जानकारी गराएका थिए।

उक्त भेटघाटलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिएको छ। यसले कालेबुङ शाखालाई नयाँ ऊर्जा र स्पष्ट दिशा प्रदान गर्नुका साथै पार्टीको आधारभूत संरचना अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। यसअघि गोरामुमो अध्यक्ष मन घिसिङसँग कालेबुङ ब्लक–१, ३६ नम्बर समष्टिका प्रतिनिधिहरूको महत्वपूर्ण संगठनात्मक भेटघाट दार्जीलिङमा भएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ ब्लक–१ अन्तर्गत ३६ नम्बर समष्टिका प्रतिनिधिबर्ग, गोर्खा राष्ट्रिय नारी संगठनका पदाधिकारी तथा सक्रिय कार्यकर्ताहरूले पार्टी अध्यक्ष मन घिसिङ सँग दार्जीलिङ स्थित गोरामुमो केन्द्रीय कार्यालयमा महत्वपूर्ण शिष्टाचार तथा संगठनात्मक भेटघाट गरेका थिए।

उक्त भेटघाटका क्रममा पार्टीको वर्तमान संगठनात्मक अवस्था, आगामी राजनीतिक कार्यक्रम, जनसम्पर्क अभियान तथा समष्टिस्तरमा संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ। प्रतिनिधिहरूले आफ्नो क्षेत्रका विभिन्न जनसमस्याहरू, कार्यकर्ताहरूको भावना तथा संगठन विस्तारसम्बन्धी सुझावहरू अध्यक्ष मन घिसिङ समक्ष राखेका थिए। भेटघाटमा अध्यक्ष मन घिसिङले पार्टीको मूल विचारधारा, गोर्खा जातिको अधिकार तथा गोर्खा समुदायको राजनीतिक अस्तित्वको पक्षमा गोरामुमो निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै संगठनलाई गाउँ–गाउँसम्म मजबुत बनाउँदै लैजान सबै कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। यस अवसरमा गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरूले महिलाहरूको राजनीतिक सहभागिता र संगठनात्मक भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए। साथै, पार्टीको आगामी रणनीतिलाई सशक्त बनाउन महिला शक्ति र युवावर्गको सक्रिय सहभागिता आवश्यक रहेको कुरामा पनि विशेष जोड दिइएको थियो। भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको साथै यसले पार्टी संगठनलाई अझ मजबुत, गतिशील र जनमुखी बनाउने विश्वास व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ