नयाँ बस्ती,16 जनवरी(निसं): मिक्स बोइज पुलबजार विरुद्ध एक-तीन सेटले जित्दै एनवाईसी नेजी नगदसहितको खिताब आफ्नो झोलामा हाल्न सफल भयो।निक्कै रोमाञ्चक भएको खेलमा एनवाईसीले उत्कृष्ट प्रदर्शन गर्दै पुलबजारमाथि सहज जीत हासिल गर्यो। अर्कोतिर दर्शकहरुको साथ पाएपनि मैदानमा भनेजस्तो प्रदर्शन गर्न नसकेपछि उपबिजेतामा चित्त बुझाएको थियो।
युवाहरूलाई खेलप्रतिको आकर्षित गर्दै राष्ट्रिय स्तरमा खेलाडीहरु पुर्याउने प्रमुख उद्देश्यको साथमा नयाँ बस्ती वेलफेयर सोसाइटीद्वारा आयोजित स्वर्गीय नरवीर इजम स्मारक भलिबल टुर्नामेन्टको फाइनल भव्य कार्यक्रमको साथमा बुधबार सम्पन्न गरियो। स्थानीय अगमसिह गिरी मेमोरियल उच्चतर माध्यमिक विद्यालय नयाँ बस्तीको प्राङ्गणमा आयोजित भलिबल प्रतियोगितामा उत्कृष्ट 26 वटा दलहरूले भाग लिएको थियो भने खेलमा राष्ट्रीय तथा अन्तराष्ट्रिय तहका खेलाडीहरुले समेत सहभागिता जनाएका थिए।
दुई चरणमा गरिएको कार्यक्रमको प्रहिलो चरणमा सांस्कृतिक अनि सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो जसम सोसाइटीको तर्फबा दुई गोर्खे चेलीहरू कन्टेन क्रिएटर मोनिका लिम्बु अनि धावक बन्धना सुब्बालाई सम्मानित गरियो। अर्कोतिर कार्यक्रमको मुख्य आकर्षक भलिबल फाइनल खुबै रोमाञ्चक रूपमा सप्पन्न भएको थियो। कार्यक्रममा
जीटीए सभाका चियरमेन अञ्जुल चौहान क्षेत्रीय सभासद भुपेन्द्र छेत्री भागोप्रमो पुल-बिजनबारी-गोक समष्टि महासचिव विनय सुब्बा शिक्षक मनोज तिवारी लगायत समाजका गन्यमाण्य ब्याक्ती बिशेश लगायत सर्वसाधारण खेलप्रेमी दर्शकहरु बाक्लो उपस्थिति थियो।












