भागोप्रमो युवा शक्तिप्रति आइजीजेएफको प्रतिक्रिया

Share this news

इण्डियन गोर्खा जन शक्ति फ्रण्ट को मंग्पू लाब्दा समष्टिका महासचिव ज्ञानदीप चामलिङ राईले राजेश लाकडाको मुटु चिसो पारिदिन्छु भन्ने शब्दले होइन, अजय एडवर्डसले गोर्खा, आदिवासी, बंगाली, बिहारी, कोचे, मेचे सबैको नेतृत्व गर्न सक्छ भन्ने शब्दले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरूलाई पोलेको बताए।

हालैमा राजेश लाकडाले आफ्नो सम्बोधनमा भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिले कानूनी कार्यवाहीहरू गर्ने आदि जस्ता कार्यहरू गर्दै आएका छन्। भागोप्रमो युवा शक्तिको यस्तो सोच देखेर दु:ख पनि लाग्छ, हाँस पनि उठेको राईले बताए। राजेश लाकडाको कुन बयानले गोर्खा आदिवासी बीचको सम्बन्धमा फाटो ल्याउन खोज्दैछ भन्ने बेकारको कुराहरू गरिहिंडदैछ।

तर राजेश लाकडाले आफ्नो सम्भाषणमा प्रयोग गरेको पुरा बयान सुन्न भयो भएन मलाई थाह भएन अनि जसले यस प्रकारको कुराहरू गरिहिंडदैछ उनीहरूले सम्भाषणभित्रको त्यति मात्र कटिङ गरेर भाइरल गर्ने काम गर्दैछन्।

राजेश लाकडाले आफ्नो सम्भाषणमा बाघ पुल नाघ्यो भने मुटु चिसो बनाइदिन्छु भन्नु भएको छ तर त्यो पनि भागोप्रमो अध्यक्ष अनित थापाले हाम्रो कन्भेनर अजय एडवर्डसलाई टोक्छु भनेको जस्तै हो। तर अनित थापाले हाम्रो केन्द्रीय संयोजक अजय एडवर्डसलाई टोक्छु भन्ने शब्दलाई तपाईंहरूले नै विभिन्न प्रकारको अर्थहरू लगाएर त्यसलाई संशोधन गर्ने काम गर्नु भएको घटना सबैको आँखाअघि स्पष्ट छ। लाकडाले पनि भागोप्रमो अध्यक्ष अनित थापा बाघ पुल नाघेर आउँदा चिसो पानी पिलाउँछु पो भनेका हुन्, त्यसकारण लाकडाको मुटु चिसो बनाइदिन्छु भन्ने शब्दमा हामीले कुनै आपत्ति देखेका छैनौं।

खासमा भन्ने हो भने भागोप्रमो तथा उनीहरूको युवा शक्तिलाई मुटु चिसो बनाइदिन्छु भन्ने शब्दप्रति आपत्ति भएकै होइन, राजेश लाकडाले आइजीजेएफ केन्द्रीय संयोजक अजय एडवर्डसले गोर्खा समुदायलाई मात्र नभएर बंगाली, बिहारी, आदिवासी, टोटो, कोचे, मेचे सबैलाई समेटेर नेतृत्व गर्ने भन्ने जो शब्द प्रयोग गरेका छन् त्यसले उनीहरूलाई पोलेको हो।

अनित थापालाई तराई डुवर्सको जनताले पनि समर्थन गरेकै हो, तर तपाईंहरू साथै तपाईहरूको नेताले तराई डुवर्सको बारेमा कुनै काम नगर्दा तराई डुवर्सको जनता तपाईंहरूसंग बिच्किएको मात्र हो। नीजीकरणको विरोध तपाईंहरूले नै गरेको होइन र?तर आज नीजीकरण गर्ने कार्यहरू कसले गर्दैछ??सामाजिक संजालहरूमा आउन अघि पहिला तपाईंहरूले आफुमाथि लागेको मैलाहरू पखालेर आउनुहोस्।

रक्सीको तालमा घरहरू फुटाएको, घर मालिकलाई कुटेर भोलि बिहान बिर्सिएको घटनाहरू गाउँलेहरूले आजसम्म बिर्सिएको छैन। युवा शक्ति भनेको कुनै पनि राजनैतिक पार्टी तथा संघ संस्थाहरूको मेरूदण्ड हो तर तपाईंहरूले धम्काउने, कुटने, पिटने कार्यहरू गरेको पीडित परिवारहरूले आजसम्म बिर्सिएका छैनन्।

त्यसैले अहिले जनताले तपाईंहरूलाई झोले नाम दिएको छ। पहाडको उन्नति, जातिको दीर्घकालिन मांगलाई लक्ष्यमा पुराउने, पहाडलाई भयमुक्त बनाउने इण्डियन गोर्खा जन शक्ति फ्रण्टको स्पष्ट अडान हो अनि यो अडानलाई लिएर कार्य गर्दै आएको छ। तर तपाईंहरूले पहाडको माटो बेच्ने, पहाडलाई डर अनि संत्रासमा राख्ने जस्ता कार्यहरू गर्दै आउनु भएको छ।

कसैले तपाईंहरूको विरोधमा आवाज उठाए उनीहरू विरूद्ध पुलिसमा मामिला दर्ता गर्ने, कसैलाई लगाएर डर अनि धम्की दिने कार्यहरू गर्दै आइरहनु भएको छ। तपाईंहरूले पार्टीभित्रकै ठेकादार समेतलाई छोडनु भएको छैन, उनीहरूलाई पर्सन्टेज माग्नु हुन्छ। तपाईंहरू भ्रष्टाचारमा चुर्लुम्म डुब्नु भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ