आइजीजेएफको गठन गोर्खाल्यान्ड प्राप्तिको निम्ति भएको हो

Share this news

2017 मा जन्मेको पार्टीले जाति,माटो,सबै थोक बन्दगी राखेर गोजी भर्ने काम मात्र गरेको छ: पूरण तामाङ

अलग राज्य गोर्खाल्यान्ड गठनको निम्ति इण्डियन गोर्खा जन शक्ति फ्रण्टको गठन भएको हो दार्जीलिङ महकुमा संयोजक पूरण तामाङले बताएका छन्।गोक बाँसबोटेमा इण्डियन गोर्खा जन शक्ति फ्रण्टको सभा सम्पन्न भयो।आयोजित सभामा पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित भएका थिए। त्यसरी नै पुल विजनबारी समष्टि अध्यक्ष प्रमोद लौती,उपाध्यक्ष केपी रवाली,महासचिव रविन सुब्बा,त्यसरी नै केन्द्रीय नेतृत्वहरूमा राब्गे राई,नोरा सुब्बा,फिन्जो वाङ्गेल गुरूङ,राजु सुब्बा आदि उपस्थित रहेका थिए।सभालाई सम्बोधन गर्दै संयोजक तामाङले इण्डियन गोर्खा जन शक्ति फ्रण्टको गठन अलग राज्य गोर्खाल्यान्ड प्राप्तिको निम्ति भएको हो।हामी गोर्खाहरूले विगत धेरै बर्ष अघिदेखि अलग राज्य गोर्खाल्यान्ड गठनको मांग गर्दै आएका छौ।गोर्खाहरू को यो सोंचलाई कार्य रूपमा परिणत गर्न इण्डियन गोर्खा जनशक्ति फ्रण्टको गठन भएको हो।यस भन्दा अघि पनि दार्जीलिङ पहाडमा धेरैवटा राजनैतिक पार्टीहरूको गठन भएको हो,ती सबै राजनैतिक दलहरूले गोर्खाल्याण्डको नारा लगाए,आन्दोलनको घोषणाहरू गर्यो धेरै दाजु भाइहरू शहीद भए,गोर्खाल्यान्ड राज्यको नाममा धेरैले हाँसी हाँसी प्राणको आहुति दिए।यै विजनबारी क्षेत्रमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएकाहरू धेरै पाउँछौ।गाउँ गाउँमा धेरै शहीदहरू पाउँछौ तर चुनावमा जितेर गएपछि बंगाल सरकार र केन्द्र सरकारसंग लटपट भएर गोर्खाल्यान्डको मांगलाई साइट लाइन गरी दिए।जनतालाई भ्रमित पारेर मुखमा चाहिँ गोर्खाल्यान्ड तर हद्रय र दिमागमा चाहिँ गोजी भर्ने काम मात्र गर्यो।गत 2017 को आन्दोलनमा जन्मिएको राजनैतिक पार्टीको नेतृत्वहरू झन गोर्खाल्यान्डको नाम मुखमा लिन पनि सक्दैन।यिनीहरूले हाम्रो भाइ बहिनीहरूले दिएको त्याग र बलिदानलाई टेकेर बंगाल सरकारसंग मिलेर आफ्नो जाति संस्कृति,माटो सबै थोक बन्दगी राखेर गोजी भर्ने काम मात्र गरेको छ। उनीहरूलाई जातिको पर्वाह छैन,उनीहरूको मन मस्तिष्कमा सिर्फ पैसा मात्र रहेको छ।हामीले हाम्रो जाति, माटो,परम्परा,संस्कृतिको सुरक्षा गर्न सक्दैनौ भने राजनीति गर्न बेकार छ।चुनाव आउँछ जान्छ तर हामीलाई सुरक्षा चाहिएको छ।आईजीजेएफले गोर्खा जातिलाई धोका दिने छैन।भिजन बिनाको नेतृत्वहरूले अहिले पहाडको नेतृत्व गर्दैछ त्यसकारण पहाडको अवस्था यस्तो भएको हो।अजय एडवर्डस सत्तामा छैन तर पनि उनीसंग भिजन छ

आईजीजेएफसंग भिजन छ,त्यसकारण केही क्षण पनि राहत दिने काम गर्दै आएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ