चिया श्रमिकहरुको 10 हजार करोड कहाँ गयो आईजीजेएफको प्रश्न राजुलाई

Share this news

दार्जीलिङ,24 नोभेम्बर(निसं): दार्जीलिङ लोकसभा सांसद राजु विष्टले मिडिया समक्ष दिएको चियाबगान श्रमिकहरुको  चार श्रम संहिता चुनाउ अघिको फोस्रो आश्वसन मात्र हो भनी  इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजेएफ)-को श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संगठन अध्यक्ष डीके गुरुङले बताएका छन्।
हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संगठन आईजिजेएफ श्रमिक संगठनको एक सभा सम्पन्न भएको जानकारी श्रमिक संगठनको अध्यक्ष डीके गुरुङले जनाएका छन।विशेष गरेर गरेर पार्टीको श्रमिक संगठनको मिरिक दार्जीलिङ खरसाङ सोनादा ईत्यादि स्थानहरुको प्रतिनिधिहरुलाई निम्ताएर गरिएको उक्त सभामा भावी कार्यक्रमहरुको रुपरेखा र कार्यक्रमहरु माथि चर्चा परिचर्चा गर्न रहेको उनले बताए। पार्टी प्रमुख अजय एडवर्ड्स संग संगठनको प्रतिनिधिहरुले बिचार विमर्श गरेपछि आगामी दिनहरुमा चियाबगान श्रमिकहरुको हितमा संगठनले व्यापक रुपमा भावी कार्यक्रमहरुको घोषणा गर्ने भएको उनले जनाए।विशेष गरी चियाबगान श्रमिकहरुको न्युनतम रोजदर बृध्दिको बिषयमा बन्द चियाबगानहरु खुलाउने विषयहरुमा अब संगठनले गम्भीरतापूर्वक कार्यक्रमहरु गर्ने बताए।साथै चियाबगान श्रमिकहरुको न्युनतम रोजदर बृध्दिको निम्ति सरकारले जुन समिति गठन गरेको थियो उक्त समितिले 20 वटा बैठक गरेर पनि न्युनतम रोजदर बृद्धिको  निम्ति कुनै निष्कर्ष निकाल्न सकेन।ती बसेको 20 वटा बैठकहरुमा  कस्तो प्रकारको परिणाम  निस्कियो यसको पनि आजसम्म खुलासा हुन सकेको छैन ।20 वटा बैठकहरुमा बसेको सभाको निष्कर्ष लाई पनि सरकारले सार्वजनिक गर्नु पर्ने गुरुङले माग गरेका छन्। साथै उनले भर्खरै दार्जीलिङको सांसद राजु विष्टले  चियाबगान श्रमिकहरुको सहुलियतको निम्ति चार श्रम संहिताको विषय जुन प्रेस मार्फत जनाए, यसलाई उनले चुनाउ अघिको फुस्रो आश्वासन पनि बताएका छन्। सांसद बिष्टले पहिले पनि चुनाउको अघि संसदमा चियाबगान श्रमिकहरुको निम्ति 10 हजार करोडको प्याकेज छुट्टाएको घोषणा गरेको थियो।
तर आजसम्म ती 10 हजार करोडको एक छिट्टा सम्म चियाबगान श्रमिकहरुले प्राप्त गर्न सकेन। त्यो 10 हजार करोडको के भयो सांसद विष्टले जवाब दिनुपर्छ गुरुङले थपे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ