गोर्खा जातिको भावनासंग खेल्ने भोट व्यापारी होसियार भन्दै आईजीजेएफद्वारा खरसाङ्मा पोस्टरिङ

Share this news

खरसाङ, (मोहन प्रसाद): गोर्खा जाति, माटो, संस्कृति अनि परम्परा मास्ने भोट व्यापारी होसियार, गरियो। इण्डियन गोर्खा जनशक्ति फ्रन्ट, (आईजीजेएफ) द्वारा केन्द्रको भारतीय जनता पार्टी (भाजपा) सरकारलाई खरसाङ बजारमा पोस्टरिङ गरेर चाप सृष्टि गर्दै पीपीएस अर्थात्‌‍ “पर्मानेन्ट पोलिटिकल सलुशन“ को अर्थ खुलासा गर्ने मांग गरिएको छ। आईतवार आईजीजेएफ पार्टीका सीडब्लूसी सदस्य साथै पार्टीका खरसाङ महकुमाका संयोजक सुरज घिसिङ्को नेतृत्वमा खरसाङ मोटर स्ट्याण्ड, पार्क लोकेशन सहित शहरको विभिन्न स्थानमा पोस्टेरिङ गरियो। पोस्टरमा भाजपा र भाजपा नेतृत्वमा रहेको केन्द्र सरकारलाई पीपीएसको अर्थ खुलस्त गर्नु पर्छ भनिएको छ भने कतिपय पोस्टरमा बङ्गालदेखि बाहिर भारत देशको संविधान भित्रको व्यावस्था चाहिन्छ भनी माग गरिएको छ। त्यति मात्र होइन, गोर्खा जाति, माटो, संस्कृति अनि परम्परा मास्ने भोट व्यापारी होसियार, गोर्खा जातिको भावनासंग खेल्ने भोट व्यापारी होसियार पनि भन्ने नारा लेखिएको पोष्टरहरू टाँसिएका छन्‌‍। यस अवधि पत्रकारहरूसित बोल्दै, आईजीजेएफ पार्टीका ट्रेड युनियनका खरसाङ महकुमा समिति संयोजक सचिन थापाले बताए अनुसार, पीपीएसको अर्थ के हो, अब भाजपाले खुलस्त पार्ने समय आएको बताएको छ। पीपीएस देशको संविधान भित्रको व्यावस्था हो वा के हो यसको खुलासा भाजपाले गर्न पर्छ । 2019 को लोकसभा चुनावको अवधि भाजपाले गोर्खा जातिको हितमा पीपीएसको उल्लेख आफ्नो चुनावी सङ्कल्प पत्रमा गरेको थियो भने 2024 को लोकसभा चुनावमा उक्त पीपीएस चुनावी सङ्कल्प पत्रबाट हटाएको छ। भाजपाले नै शुरु गरेको पीपीएसको अब खुलस्त गर्ने समय आएको छ। पीपीएसको खुलासा भएपछि नै इण्टरलोक्युटर पहाड़मा आवोस्‌‍ भनी आईजीजेएफ चाहान्छ भनी बताउदै तिनले भने पीपीएस अर्थ खुलस्त भएपछि पहाड़को राजनितिक दलहरूले साथै सङ्घ-संस्थाहरूले उक्त विषयमा चिन्तन-मनन गरेर आफ्नो मत इण्टरलोक्युटर समक्ष राख्न सक्छन्‌‍। यसैले पहिला पीपीएसको खुलस्त हुनुपर्छ । त्यति मात्र होइन, सचिन थापाले भने अनुसार, चिया बगानवासीलाई केवल भोटको निम्ति प्रयोग गर्ने गरिन्छ, चिया श्रमिकहरू अझ पनि विभिन्न अधिकार अनि सुविधाहरूबाट वञ्चित रहेका छन्‌‍। आईजीजेएफ पार्टीको ट्रेड यूनियनको पक्षबाट 2026 को चुनाव अघि पहाड़मा नियुन्तम रोज लागू हुनुपर्छ भनी तिनले माग गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ