सबैले सत्ता र कुर्सीको लागि मात्र राजनीति गरिरहेका छन्ः आईजीजेएफ

Share this news

खरसाङ,  (निसं)ः जति जति विधानसभा नजिकिन्दैछ राजनीतिक दलहरूको क्रियाकलाप पनि त्यतिकै बढ़दै गइरहेको छ। विधानसभा चुनाउलाई लक्ष्य गरेर पहाड़को राजनीतिमा सक्रिय देखिएको एउटा दल इण्डियन गोर्खा जनशक्ति फ्रण्टले पनि आफ्नो राजनीतिक क्रियाकलापलाई सक्रिय गरिरहेको छ। यसै क्रममा बिहीवारको दिन रंगमूक, सिडर, मुण्डा समष्टि अन्तर्गत रंगमूक बगलधुरा गाउँमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका समष्टि सभापति प्रेम छिरिङ तामाङ्को सभापतित्वमा एउटा सभा सम्पन्न भयो। समष्टि जोन 2 का आठवटा बुथका प्रतिनिधिहरूलाई लिएर उक्त प्रतिनिधि स्तरको सभा सम्पन्न भएको थियो।

सभामा खरसाङ महकुमा समितिबाट महकुमा अध्यक्ष सुरज घिसिङ, मूल सचिव अल्फ्रेड तामाङ, प्रचार प्रसार सचिव दया देवान, रिम्पोर्छे पेम्बा लामा, जनशक्ति युवा फ्रण्ट खरसाङ महकुमा समितिका मूल सचिव दर्शन तामाङ उपस्थित थिए। यस सभामा समष्टि अध्यक्ष प्रेम छिरिङ तामाङले रंगमूक सिडर मुण्डा समष्टि जोन 1 अनि जोन 2 मा विभाजन रहेको बताउदै सभा जोन 2 अन्तर्गत पर्ने आठवटा बुथलाई मात्र लिएर गरिएको खरसाङ महकुमा समितिलाई जानकारी गराइरहेको छु भने। तिनले जोन 2 अन्तर्गका आठवटा बुथ मध्ये 7 वटा बुथमा कमिटी गठन भइसकेको जानकारी सभामा राखे।

खरसाङ महकुमा समिति प्रचार प्रसात सचिव दया देवानले आफ्नो वक्तव्य राख्दै वर्तमानमा दार्जीलिङ पहाड़मा आगामी विधानसभा चुनावलाई लिएर क्षेत्रीय अनि राष्ट्रिय दलहरू आ-आफ्नो राजनैतीक कार्यक्रम लिएर मतदाताहरूलाई रूझाउन व्यस्त छन्‌‍। तर हाम्रो गोर्खा जाति अनि दार्जीलिङ पहाड़को निम्ति सोचिदिने कोही भएन। आजसम्म जति पनि क्षेत्रीय दलहरू आए सबै जाति र पहाड़को मुद्दालाई ताकमा राखेर सत्ता र कुर्सीको निम्ति मात्र राजनीति गरिरहे। त्यसैले गर्दा आईजीजेएफका केन्द्रीय संयोजक अजय एडवर्डलाई साथ दिएका हौँ भने। सभामा पार्टीका खरसाङ महकुमा समिति अध्यक्ष सुरज घिसिङ, सचिव अल्फ्रेड तामाङ, बुथ नम्बर 16 बाट अबित राई, 18 नम्बर बाट विमान राई, 22 नम्बरबाट रोमन राई, खरसाङ महकुमा समिति सदस्य देवचन्द्र मोथे अनि अन्यान्यले पनि वक्तव्य राखेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ