आईजीजेएफ प्रतिनिधि टोलीद्वारा डीएचआर निर्देशकसित भेट

Share this news

खरसाङ, (निसं): दार्जीलिङ हिमालय रेलवेका निर्देशक ऋषव चौधरीसित इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) का प्रवक्ता एवं केन्द्रीय कार्यकारिणी समिति सदस्य रामकृष्ण शर्मा उर्फ आरके, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका समन्वयक बिप्पन गुरुङ, पार्टीको खरसाङ नगरपालिका क्षेत्रका समन्वयक अभिनन्दन रावतले भेटघ गरे। यस भेटको क्रममा खरसाङ शहरको समग्र विकासलाई ध्यानमा राख्दै सार्वजनिक प्रयोजनका लागि मानिस बस्न मिल्ने खुला स्थान, चौरास्ता जस्तै संरचना भएको पार्किङ सुविधासहितको विकास योजना सम्बन्धी प्रस्ताव प्रस्तुत गरियो। टोलीले खरसाङ्मा रहेको विभिन्न क्षेत्रमा उपलब्ध रेलवेको खुला स्थानलाई सदुपयोग गरी यस्तो पूर्वाधार निर्माण गर्न सकिए खरसाङवासीलाई ठूलो राहत र सुविधा हुने विषयमा पार्टीको उक्त टोलीले निर्देशकलाई अवगत गराए अनि यस विषयमा विस्तृत छलफल पनि गरियो।

निर्देशक चौधरीले प्रस्तुत प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै रेलवे क्षेत्रभित्रै उक्त योजना कार्यान्वयन गर्न सकिने सम्भावना रहेको बताए साथै रेलवेद्वारा यस दिशमा चाँड़ै काम शुरु गरिने आश्वासन पनि दिए। पार्टी प्रतिनिधिहरूको दावी अनुसार लगभग 40 करोड़ रुपियाँको बजेटमा प्रारम्भिक सोचभन्दा अझ ठूलो र प्रभावकारी परियोजना बन्न सक्ने कुरा निर्देशकले जानकारी गराए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टका खरसाङ क्षेत्र प्रवक्ता रामकृष्ण शर्माले बताए अनुसार भेटघाटको क्रममा यस परियोजना बाहेक खसाङ्को समग्र पूर्वाधार विकास, सार्वजनिक सुविधा विस्तार तथा स्थानीय जनताको हितसँग सम्बन्धित अन्य विविध विषयहरूमा पनि छलफल भयो। पार्टीका प्रतिनिधिहरूले खरसाङ्को ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्काउने संरचना तथा सम्पदाहरूको संरक्षण, सम्बर्धन अनिवार्य रूपमा हुनुपर्ने विषयमा जोर दिए।

दार्जीलिङ हिमालय रेलवेका निर्देशकले पनि उक्त विषय अत्यन्तै महत्वपूर्ण र सराहनीय रहेको उल्लेख गर्दै, विकाससँगै हेरिटेज संरक्षणलाई ध्यानमा राखेर अघि बढ़्‌‍नु राम्रो कुरा भएको बताए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रतिनिधिहरूले खरसाङ लगायत पहाड़, तराई क्षेत्रको परिवर्तन र विकासका लागि पार्टीले निरन्तर रूपमा काम गरिरहेको र भविष्यमा पनि जनताको पक्षमा दृढ़तापूर्वक लागिरहने प्रतिबद्धता प्रकट गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ