इण्डियन गोर्खा जनशक्ति फ्रण्ट,घूम-जोरबंगलो समष्टिको नारी अनि युवा जनशक्ति फ्रण्टको गठन गरिएको छ। यसक्रममा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय कार्यालय पी कोठीमा,घूम-जोरबंगलो समष्टिको नारी,युवा जनशक्ति फ्रण्टको गठन कार्यक्रम सम्पन्न गरियो। सभाको संचालनको भार पुष्कर लामाले उठाएका थिए भने सभापतिको भार समष्टि अध्यक्ष सुरज तामाङले गरेका थिए। उक्त कार्यक्रममा समष्टिका प्रतिनिधिगण साथै बिशेष रुपमा दार्जीलिङ महकुमा नारी अध्यक्ष नोरा सुब्बा अनि युवा अध्यक्ष राब्गे राईको उपस्थिति रहेको थियो। नोरा सुब्बा अनि राब्गे राईद्वारा उक्त कार्यक्रमद्वारा चयनित समष्टिका नारी र युवा प्रतिनिधिहरुलाई नियुक्ति पत्र पनि प्रदान गरे।उक्त कार्यक्रममा समष्टिका चयनित नारी अनि युवा पदभारीगण यसप्रकार छन् –
- नारी जनशक्ति फ्रण्टमा अध्यक्ष -अर्मिला प्रधान, उपाध्यक्ष -प्रेरणा राई, महासचिव -सुशान्ती तामाङ, सह-सचिव -रनजिला प्रधान, कोषाध्यक्ष -मेन्दो लमु लामा चुनिए।
- प्रमुख सल्लाहकार -भिमा लमु शेर्पा, कविता राई, कमला तामाङ, सरला रामुदामु चुनिए।
- कार्यकारी सदस्यहरु-माया गुरुङ, दिप्ती छेत्री, दोजी येल्मो, लिजाम छेत्री, शनीकला प्रधान, आशा प्रधान, छुनु तामाङ, डोमा तामाङ, रनिता प्रधान चुनिए।
- यसरी नै युवा जनशक्ति फ्रण्टमा- अध्यक्ष -बिकाश तामाङ, उपाध्यक्ष -सन्जिब थापा, महासचिव -नबीन राई, सह-सचिव -प्रवेश छेत्री, कोषाध्यक्ष -प्रशान्त राई चुनिए।
- कार्यकारी सदस्यहरु- कुशाङ तामाङ, शन्तकुमार आले, महेश थापा,पावन तामाङ, राजीव छेत्री चुनिए।यसअघि पनि आइजीजेएफले चुनावी कार्यलाई तीव्र रूप दिँदै पेदोङ समष्टि नारी शक्तिको गठन गरेको छ।
यसैक्रममा पेदोङ 40 नम्बर समष्टिमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नारी एकाई गठन भएको छ। पेदोङ 40 नम्बर समष्टिमा इण्डियन गोर्खा जन शक्ति फ्रण्टको सभा सम्पन्न भयो।आयोजित सभामा इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य असिम देवान,रिमा भुटियाँ,कालेबुङ जिल्ला नारी कोअर्डिनेटर सफिरा राई आदि उपस्थित रहेका थिए।सभामा विधानसभा चुनावको विषयमाथि धेरै लामो चर्चा परिचर्चा गरियो।यसैक्रमा कालेबुङ जिल्ला अन्तर्गत पेदोङ 40 नम्बर समष्टिलाई ध्यानमा राख्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट नारी एकाई पेदोङ सामदुङ नारी शक्तिको गठन भयो जसमा सर्वसमति अनुरूप छुक्की भुटियालाई अध्यक्ष चयन गरियो।त्यसरी नै उपाध्यक्ष दावा किप्पु लेप्चा,सचिव र प्रचार प्रसार सचिवको कार्यभार गोमा छेत्रीलाई सोम्पिएको छ।सहसचिव अनुपा प्रधान, कोषाध्यक्ष मीरा सुब्बा,सह कोषाध्यक्ष सविता राई, प्रमुख सल्लाकार डोमा भुटिया र छेलु तामाङ रहेका छन्।नव नियुक्ति पदाधिकारीहरूलाई आईजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य असिम देवान, रीमा भुटिया, जिल्ला नारी कोअर्डिनेटर सफिरा राईद्वारा कार्यभार सुम्पिए। नव नियुक्ति पदाधिकारीहरूले अब हुने चुनावमा पार्टी उम्मेद्वारलाई विजय तुलाउने संकल्प लिए।












