IGJF party joining
IGJF party joining

पुबुङ क्षेत्रका भागोप्रमोको 11 परिवारहरूले समाए आइजीजेएफको झण्डा

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाउनेहरूको क्रम जारी छ। यसैक्रममा आज तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत पुबुङ 3 नम्बर क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 11 परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तकदाह टिष्टा भ्याली समष्टि अध्यक्ष बेनोर राईले समर्थकहरूलाई खदा लगाउदै पार्टीमा न्यानो स्वागत जनाए।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाउनेहरूमा हिरण राई, सुधार लेप्चा, प्रभात राई, धीरेन मुखिया, प्रशान्त राई, उर्गेन राई, प्रभाश राई, समिल राई आदि सामेल छन।

स्मरण रहोस इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै माटो पनि नछोडने अनि बाटो पनि नछोडने स्पष्ट बताउदै आइरहेको छ।माटो भन्नाले अलग राज्य अनि बाटो भन्नाले विकास हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा अजय एडवर्डस कुनै बोर्डमा छैन तर पनि आफ्नो गोजीको पैसा खर्च गरेर गाउँ बस्ती,चिया बगान आदि क्षेत्रहरूमा पुल,सडक आदि जस्ता विषयहरूको निर्माण धमाधम गर्दै आइरहेको छ यी कार्यहरू देखेर आईजीजेएफमा समर्थन जनाउनेहरूको ओइरो लागेको हो।

अर्कोतिर पोख्रेबुङ 15 नम्बर समष्टि अन्तर्गत संगमा र टर्जम क्षेत्रबाट 13 परिवारहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्टलाई समर्थन जनाएका छन्।पुजा बोनसको समयमा दुख पाएको दिनहरू हामीले भूल्न हुँदैन भन्दै राजीब राईले चिया श्रमिकहरूलाई विगतको स्मरण गराए। समर्थनको कार्यपछि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको ग्राम पंचायत दुईको कोअर्डिनेटर राजीब राईले दार्जीलिङ पहाडमा अहिले परिवर्तनको लहर चलेको छ। त्यसैकारण आईजीजेएफमा समर्थन जनाउनेहरूको ओइरो लागेको छ। हामी सबै चिया बगानहरूबाट आएका हौ।सालैपछि पुजा बोनसको समयमा हामी सडकमा ओर्लिनु पर्छ,हामीले हाम्रो हक र अधिकार पाउनु पनि सडकमा ओर्लिनु पर्ने बाध्यता छ,अब उसो त्यस्तो गर्न नपरोस भनेर हामी एकबद्ध हुन पर्छ अनि पहाडमा परिवर्तन ल्याउनै पर्छ।

गत वर्ष 2026 को विधानसभा चुनावलाई हेरेर यिनीहरूले 20 प्रतिशत पूजा बोनस दिएको हो।त्यस भन्दा अघिल्लो वर्षको पुजा बोनसहरूलाई हेर्ने हो भने तपाई हामीलाई यिनीहरूले सताउनुसम्म सताएका छन।हामी वर्षभरी खटिएको पुजा बोनस पाउनलाई सडकमा ओर्लिनु परेको थियो,यिनीहरूले हामी चिया श्रमिकहरूलाई सताउनुसम्म सताएको हो।पहाड भष्ट्रचारमा चुर्लुम्म डुबेको छ।अजय एडवर्डसको हातलाई दह्रीलो बनाएर हामीले पहाडमा परिवर्तन ल्याउनै पर्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ