एआइले बनाएको उम्मेद्वार उठाए पनि आइजीजेएफले नै जित्ने दावि

Share this news

पश्चिम बंगाल राज्यमा सम्पन्न हुने आगामी विधान सभा चुनावमा खरसाङ विधान सभा आसनमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) ले बनाएको उम्मेद्वार उठाए पनि सजिलै जित्ने दावि पार्टीका मिरिक महकुमा संयोजक प्रशान्त लामाले गरेका छन्। लामाले इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मिरिक महकुमा अन्तर्गत चारवटा समष्टिका पार्टीकर्मीहरूलाई सहभागी गराई आयोजना गरिएको एउटा कर्मी सभालाई सम्बोधन गर्दै भने— यहाँ बाघ–भालुको कुरा गर्नेहरू होइनन्। आइजीजेएफले आर्टिफिसियल इन्टेलिजेन्सले बनाएको उम्मेद्वार दिए पनि खरसाङ विधानसभा आसनमा सजिलै जीत दर्ता गर्नेछ।

उनले भने- यहाँ कोही चियाबारी जीटीए क्षेत्रमा पर्दैन, हरियो–भगुवा रङ्गमा रङ्गिएका अथवा राजनीतिक मुखुण्डो ओढेकाहरू चुनावमा उठ्ने तयारीमा छन्। तर उनीहरूको वास्तविक चरित्र उदाङ्गो भइसकेको छ। उनीहरूको राजनीतिक स्वार्थपन जनताले बुझिसकेका कारण नै उनीहरूलाई चुनावमा पराजित गर्ने निश्चित छ।
लामाले थपे— ढाँट, छल र षड्यन्त्रको राजनीति अब पहाडमा चल्दैन। आफ्नो व्यक्तिगत स्वार्थका लागि मुखुण्डो लगाएर जनतालाई यतिका वर्षसम्म लट्ट्याउने, छल्ने र ढाँट्ने नेताहरूको चरित्रलाई जनताले राम्ररी चिनिसकेका छन्। अहिले जनताको एउटै आशा र भरोसा भनेकै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट अथवा पार्टी प्रमुख अजय एडवर्डस हुनुहुन्छ।

लामाले बिकुवा र ढँटवारे नेताहरूको आगामी राज्य विधान सभा चुनावमा हार निश्चित रहेको भन्दै भने- सत्ताले अहिले एउटा बेकरी चलाएर सामाजिक कार्य गर्दै जनताको दुःख–सुखमा प्रत्येक क्षण साथ दिने नेतासँग प्रतिस्पर्धा गरिरहेको छ। सत्तामा हुँदा केवल आफ्ना राजनीतिक दोहोरो स्वार्थ साध्न खोज्नेहरूलाई जनताले आगामी राज्य विधानसभा चुनावमा आफ्नो मतद्वारा अवश्य उचित जवाफ दिनेछन्।

लामाले खरसाङ विधान सभा आसनमा हाल इण्डियन गोर्खा जनशक्ति फ्रण्टको क्रेज रहेको र सबैका जनप्रिय नेता अजय एडवर्डस रहेको दाबी गर्दै भने— “जीटीए क्षेत्रमा चियाकमान पर्दैन” भन्ने नेताहरूलाई चियाकमानका जनताले कदापि मत दिने छैनन्।

लामाले पार्टी कार्यकर्ताहरूलाई आपसी एकता र तालमेल कायम राखी इण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई जराबाटै दह्रो बनाउँदै पार्टी प्रमुख अजय एडवर्डसको हात बलियो बनाउन आह्वान गरे। उनले भने- हाम्रो एकता र इमान्दारिता नै हाम्रो जीतको प्रतीक हो।

अन्त्यमा उनले पार्टीमा अनुशासन अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भने- आइजीजेएफ अनुशासित राजनीतिक दल हो। पार्टीका बुथ लेभल कमिटी, समष्टि कमिटी, महकुमा कमिटी तथा केन्द्रीय कमिटीबीच राम्रो तालमेल रहेको छ। अनुशासनमै रहेर पार्टीले हालसम्म सांगठनिक तथा सामाजिक कार्यहरू गरिरहेको छ र भविष्यमा पनि निरन्तर गर्नेछ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ