आइजीजेएफ प्रमुख अजय एडवर्डसद्वारा आलुबारी जंगल बस्ती भ्रमण

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय प्रमुख अजय एडवर्डसले आलुबारी जंगल बस्तीको शुक्रबार भ्रमण गरेका थिए। यसक्रममा उनले जनताको लागि निर्माण गरिएको भवन जनताको पक्षमा प्रयोग गरिनु पर्ने बताए। एडवर्डसले जनताको निम्ति निर्माण गरिएको विषयहरूको उपभोग जनताले गर्न पाउनु पर्ने बताए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले घूम जोरबंग्लो समष्टि अन्तर्गत आलुबारी जंगल बस्ती क्षेत्रको भ्रमणको क्रममा यी कुरा भनेका हुन्। यस अवघि स्थानीय मानिसहरूले भव्य स्वागत जनाए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस्स आलुबारी जंगल बस्ती क्षेत्रको भ्रमणमा आउँदैछन् भन्ने सुइँको स्थानीय बासिन्दाहरूले पाएपछि उनीहरू एक मुष्ठ भेला भएका थिए। आइजीजेएफ केन्द्रीय संयोजक अजय एडवर्डसलाई स्थानीय मानिसहरूले श्रद्धा लगाएर भव्य स्वागत जनाए अनि आफुहरूले भोग्दै आएका एकाएक समस्याहरू सुनाए। घूम जोरबंग्लो समष्टि अन्तर्गत पर्ने आलुबारी जंगल बस्ती जाने बाटोको अवस्था सोचनीय छ। यस बारे स्थानीय मानिसहरूले राज्य सरकार, जिल्ला प्रशासन साथै क्षेत्रीय सरकार जीटीएलाई धेरै पटक बताउँदै आएको भए तापनि भने जस्तो बाटोको निर्माण हुन सकेको छैन।आलुबारी जंगल बस्तीमा समाज घर तथा सार्वजनिक भवन नभएको कारणले गर्दा यस क्षेत्रमा कुनै प्रकारको कार्यहरूको आयोजना गर्न धेरै सोच्न पर्ने भएकोले स्थानीय मानिसहरूले अजय एडवर्डस समक्ष यी विषयहरूको अवगत गराए। आलुबारी जंगल बस्ती वरिपरि जंगलहरू भएको हुनाले यहाँको बासिन्दाहरूले आ आफ्नो बारी बगैचाहरूमा लगाएको साग, सब्जीहरूदेखि लिएर अन्य उत्पादनहरू जंगली जनावरहरूले सोतोर बनाइदिने, यहाँसम्म कि घरमा पालेको घरेलू जीव जन्तुहरू समेत जंगली जनावरहरूले लगि दिने जस्ता समस्याहरू एडवर्डसलाई बताए। यस बारे स्थानीय मानिसहरूले वन्य विभागलाई धेरै पटक अवगत गराउँदै आएको भए तापनि आजसम्म यस बारे कुनै सुनवाई नभएको गुनासो स्थानीय बासिन्दाहरूले अजय एडवर्डस समक्ष राखे। घूम जोरबंग्लो समष्टि अन्तर्गत तीन माइलमा स्वास्थ्य केन्द्र भवनको निर्माण गरिसकेका छन्। निर्माण अवधि उक्त स्वास्थ्य केन्द्र भवनमा 13 देखि 18 बेड राख्न सकिने बताएका थिए तर प्राथमिक स्वास्थ्य केन्द्र भवनको निर्माण भएको धेरै महिना बिति सकेको छ। तर आजसम्म संचालनमा आउन सकेको छैन। जनताको सुविधाको निम्ति निर्माण गरिएको विषयहरू जनताको निम्ति प्रयोग गरिनुपर्छ तर किन गरिन्दैन।सरकारी फण्डद्वारा निर्माण गरिएको भवनहरू यसरी दुरुपयोग गर्न हुँदैन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ