आईजीजेएफ अनि भातृ सङ्गठनहरूको समष्टि कमिटी धमाधम गठन भइरहेको दाबी

Share this news

खरसाङ, (निसं)ः इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो संगठन विस्तारको कार्यलाई निरन्तर अघि बढ़ाइरहेको दाबी छ। संगठन विस्तार गर्ने क्रममा पार्टीले खरसाङ महकुमा पूर्णाङ्ग समिति, समष्टिहरूको पूर्णाङ्ग समिति, विभिन्न शाखा समितिहरू गठन गरिरहेको दाबी पार्टीका खरसाङ महकुमा समिति प्रचार प्रसार सचिव दया देवानले दाबी गरेका छन्‌‍।

तिनले बताए अनुसार पहिलो मार्चको दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भातृ संगठन इण्डियन गोर्खा जनशक्ति नारी फ्रण्ट तीनधारे महानदी समष्टि गठनि गरिएको छ। तीनधारे प्राथमिक पाठशाला प्राङ्गनमा अप्सरा तामाङको अध्यक्षतामा सम्पन्न भएको यो सभामा पार्टीका खरसाङ महकुमा समिति अध्यक्ष सुरज घिसिङ र मूल सचिव अल्फ्रेड तामाङ्को विशेष उपस्थिति थियो।

उक्त सभामा मूल सचिव अल्फ्रेड तामाङले आफ्नो वक्तव्यमा वर्तमान जीटीए व्यवस्थामा सत्तासीन पार्टी प्रजातान्त्रिक मोर्चा एंव यस पार्टीका शीर्ष नेतृत्ववर्ग टुप्पोदेखि फेदैसम्म भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाए। पहाड़लाई भ्रष्टाचार मुक्त बनाउन स्वच्छ छवि भएका एकजना युवा नेताको नेतृत्वमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उदय भएको दाबी तिनले गरे। पार्टीका मुख्य संयोजक अजय एडवर्डले जीटीएले विकास गर्न नसकेको ठाउँहरूमा श्रमदानको माध्यमद्वारा विकासमूलक कामहरू गरिरहेको तामाङले बताए। आफ्नो गोजीको पैसाबाट जनहितमा गरेको यस कार्यलाई पहाड़का जनसाधारणले प्रशंसा साथै सराहना गरिरहेको, पहाड़का विभिन्न ठाउँमा इण्डियन गोर्खा जनशक्ति फ्रन्टको संगठन विस्तारको कार्य तीव्र गतिमा भइरहेको तिनले दाबी गरे।

कुनै पनि राजनैतिक पार्टीको मेरूदण्ड युवा अनि नारी शक्ति हुन्छ। त्यसैले सबैको घर-दैलो र आँगनमा आएर भ्रष्टाचार मुक्त पहाड़ बनाउनमा हाम्रो नेता अजय एडवर्डको हात दह्रिलो बनाएर प्रजातान्त्रिक मोर्चालाई दार्जीलिङ पहाड़बाट जरैबाट उखेलेर फ्याँक्न नारी जनशक्ति फ्रन्ट गठन गर्न पर्छ भनी सुझाउ तिनले दिए। दया देवानले बताए अनुसार यसै सभामा चर्चा-परिचर्चापछि तीनधारे महानदी समष्टि नारी जनशक्ति फ्रण्ट गठन गरियो। यस समष्टि समितिमा सभानेत्री मुनु तामाङ, उप सभानेत्री सिम्रन प्रधान, रेणुका तामाङ, मूल सचिव रेजिना राई, सह सचिव चन्द्रिका राई छेत्री, इन्दीरा तामाङ, कोषाध्यक्ष उपमा सुब्बा, अञ्जना तामाङ, प्रविना तामाङ थामी, सल्लाहकार अमृता तामाङ, सारथी तामाङ, पुष्प छेत्री, अञ्जना तामाङ, दीपा राई लगायत 8 कार्यकारिणी समिति सदस्यको चयन गरी जम्मा बाइस सदस्यीय नारी शक्ति समष्टि कमिटी गठन गरियो। देवानले पार्टीको केही दिन अघि गाड़ीधुरामा सम्पन्न भएको सभामा धेरै समर्थकहरू फ्रण्टमा सामेल भएको पनि दाबी छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ