Manisingh Gurung recognition Darjeeling
Manisingh Gurung recognition Darjeeling

मणिसिंह गुरुङ दार्जीलिङमा जन्मेका भए उनको प्रतिमा दार्जीलिङमा हुनेथ्यो

Share this news

मणिसिंह गुरुङ “गोर्खा” जातिका साँच्चिकै “मणि” हुन् तर यी मणिलाई एकाध गोर्खाहरूले छाडेर “मणि”-को रूपमा अझसम्म जानेका छैनन्। यसैकारण यीनको उचित मूल्यांकन गोर्खाली समाजमा अझसम्म भएको छैन। यस्तो हुनुको कारण उनी पूर्वाञ्चलमा जन्मेर भएको त होइन ? यदि उनको जन्म दार्जीलिङमा भएको भए उनको पूर्णांग प्रतिमा मात्र नभएर उनको नाममा साहित्यिक पुरस्कार “मणि गुरूङ पुरस्कार” राखिनेथ्यो, जसरी दार्जीलिङमा जन्मेका कतिपय अग्रज साहित्यकारहरूलाई लिएर राखिएको छ, तर उनको नाममा राखिने पुरस्कार गोर्खाहरूबीच भारतेली स्तरको हुनेथ्यो। यसका धेरै कारणहरू छन्। सबै कारणहरू त म यहाँ दिन सक्तिनँ। एकाध कारणहरू भने यहाँ दिँदैैछु— कुनै पनि भाषालाई भारतको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउनुभन्दा अघि सो भाषा कतिको समृद्ध छ। कुनै विश्वविद्यालयले मान्यता दिएको छ कि छैन भनेर जानकारी लिइन्छ तथा यो भाषामा पत्र-पत्रिका पनि कतिको निस्केको छ भनेर पनि जानकारी लिइन्छ। यी प्रसंगमा लेखक, सम्पादक, प्रकाशक आदिको भूमिका हुनु अनिवार्य छ।

मणिसिंह गुरुङले कलकत्ता विश्वविद्यालयमा नेपाली भाषालाई मान्यता प्राप्त गराउनमा अहम् एवम् प्रमुख भूमिका खेलेका थिए। सन् १९१८ मा उक्त विश्वविद्यालयले म्याट्रिक तहसम्म पढाउन भनेर मान्यता दियो। यो मान्यताको पछि त्यसबेलाका दार्जीलिंगका कतिपय भाषासेनानी लगायत मणिसिंह गुरुङको अहम् भूमिका छ |यस सम्बन्धमा उक्त विश्वविद्यालयलाई नेपाली भाषाको मान्यतासम्बन्धी पत्र-व्यवहारका लागि खेेस्रा मणिसिंह गुरुङले तयार पारेको तथ्य उनले पारसमणिलाई ५-११-१९१७मा नेपाली भाषामा पठाएको पत्रले पुष्टि गर्छ।यहाँसम्म कि नेपाली भाषालाई लिएर मेजर ल्यांगुयजसम्बन्धी खेस्रा तयार पारेका कुरा पनि उनीबाट नै भएको बुझिन्छ। यस सम्बन्धमा उनीद्वारा सन् १९३२मा अंग्रेजीमा लेखिएको तथा दार्जीलिंगको “नेपाली साहित्य सम्मेलन”-को भएर उक्त विश्वविद्यालयलाई मूल कपी पठाइएको अनुमान गरिन्छ। अनुमान गर्ने कारण– उनले तयार पारेका मूल कपीको प्रतिलिपि उपलब्ध भएको छ, यसैकारण पारसमणि प्रधानले आफ्ना लेखहरूको धेरै ठाउँमा मणिसिंह गुरुङको चर्चा नेपाली भाषाको मान्यतासम्बन्धमा गरेका छन्।

आज भारतेली नेपाली साहित्यमा “सुधपा”(सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा, पारसमणि प्रधान) -को कुरा मात्र गरिन्छ। मणिसिंह गुरुङको नाम लिइन्न, लिए पनि नगण्य..। यसैलाई भनिन्छ–आजको नेपाली साहित्य, संघ, सम्मेलन..!स्मरण रहोस्–मणिसिंह गुरुङ “सुधपा”भन्दा अग्रज, बी. ए. पनि यिनीहरूभन्दा पहिल्यै उत्तीर्ण गरेकाले “सुधापा”-ले यिनलाई गुरुतुल्य मान्थे। “सुधापा” पछिकाले त त्यसै पनि मान्थे। यसको साधरण उदाहरण हो–नेपाली भाषाका प्रखर भाषाविद् महानन्द सापकोटाले आफ्नो भाषिक निबन्ध-संग्रह “चानचुन” उनलाई चढाउँदा गुरुतुल्य मानेर चढाएका थिए।

दु:खको कुरो– आजको सन्दर्भमा तर मणिसिंह गुरुङ कसैका गुरुतुल्य “मणि” होइनन्, वरन् बाटोमा अफालिएका ढुंगासरह हुन्, जसको मोल छैन। मानौँ सबैले कुल्चेर हिँड्छन् |यस्तो हुनुको कारण उनी दार्जीलिंग वा सिक्किममा नजन्मनु हो। पूर्वाञ्चलमा जन्मे, जहाँ उनको विद्वताको क्षेत्र होइन, यसैले मलाई यी कुरा यहाँ लेख्न मन लाग्छ– “बनका फूलहरू कतिकै किन सुन्दर किन होऊन्, तर क्षेत्र नपाएर बनमै फुल्छन्, बनमै ओइलिन्छन् , बनमै मर्छन् । क्षेत्र छ भने बारीका फूल पनि फूलदानीमा सजिन्छन्।प्लाष्टिकका फूलहरू पनि रमणीको चुल्ठोमा सजिन्छन्.. .|” अस्तु, यो चित्रकारद्वारा चित्रांकित मणिसिंह गुरुङको तैलचित्र, महानन्दको “चानचुन” अनि “नेपाली साहित्य सम्मेल्लन”-को भएर कलकत्ता विश्वविद्यालयलाई नेपाली भाषा(मेजर ल्यांगुवेज) -को सम्बन्धमा मणिसिंह गुरुङले तयार पारेका खेस्राको प्रतिलिपि। –विक्रमवीर थापा।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ