दार्जीलिङ ,3 मई(निसं):गत बिहीबारको दिन आईसीएसइ अनि आइएससी परिक्षाको प्रमाणपत्र सार्वजनिकपछि दार्जीलिङ पहाडका विभिन्न विद्यालयहरुमा पनि विद्यार्थीहरुले धेरै अब्बल अङ्कहरु लिएर उतिर्ण भएको जानकारी अनुसार,दार्जीलिङ पहाडको एक प्रतिष्ठित स्कुल सन्त जोसेफ्स स्कूल(नर्थ पोइन्ट)-का विद्यार्थीहरूले अब्बल अङ्क ल्याएर उत्कृष्ट परिणाम हात पारी स्कूलको गौरव र गरिमालाई थप ऊर्जा प्रदान गरेका सूत्रले जानकारी गराउदै आईएससी परीक्षामा यामिक सुब्बाले 99.5 प्रतिशत लिएर स्कूल टप्पर बनेका छन् भने सम्भवत पहाडमा उनी टप्पर बन्न सक्ने दावेदार रहेकोछ।यसरी नै कला विभागबाट असाप मोथे 98.5 प्रतिशत योन्तेन शेर्पा 98.3 प्रतिशत, पवन चौरासिया 98 प्रतिशत,क्याल्देन थुटोप भुटिया 98 प्रतिशत, योसाङ लामा 98 प्रतिशत, ब्राएन एनोन लेप्चा 97.8 प्रतिशत,साहिल सिजु 97.8 प्रतिशत, ओराएन सोनाम गम्बु तामाङ 96.5 प्रतिशत, प्रज्वल जोर्डान गुरुङ 96.5 प्रतिशत किडछम लेप्चा 96.5 प्रतिशत, दिशान्तमणि प्रधान 96.5 प्रतिशत, माइकल सलग्रिम सिरा 95.5 प्रतिशत, अक्षित गुरुङ 95 प्रतिशत, लिजोङ पुनोल लेप्चा 94.8 प्रतिशत, जामयाङ वाङ्दी 94 प्रतिशत, आराध्य राई 93.8 प्रतिशत, टासी छिरिङ शेर्पा 93.8 प्रतिशत, योन्तेन छिरिङ शेर्पा 92.3 प्रतिशत, बृषभ किशोर बम्जन 91.3 प्रतिशत, छिरिङ दोर्जी शेर्पा 90.8 प्रतिशत अङ्क लिएर स्कूल गौरव बनेका छन् भने विज्ञान विभागबाट रौनक प्रधान 97 प्रतिशत, केनिथ शेर्पा 96प्रतिशत, आर्यन राजकुमार प्रधान 95.8 प्रतिशत, चिराग गर्ग अग्रवाल 95.8 प्रतिशत, वाड्छेन तामाङ 94.8 प्रतिशत,आयन प्रधान 93.8 प्रतिशत, अमेग खनाल 93प्रतिशत, आभाष थापा 91.5 प्रतिशत, देव प्रसाद 91.3 प्रतिशत, वशिष्ठ गुरुङ 90.0 प्रतिशत,श्रेयान लामा 90.3 प्रतिशत र वाणिज्य विभागबाट प्रियांश अग्रवालले 95.3 प्रतिशत अङ्क ल्याएर स्कूलका नाम उच्च पारेका छन्।
यसरीनै आईसीएसई परिक्षामा हर्षित सिंहले 97.40 अङ्क लिएर स्कूल टपर बनेका छन्। साथै आरोग्य राई 97.4 प्रतिशत, इसान भारद्वाज 97 प्रतिशत, देवांश गुप्ता 96.60 प्रतिशत, पृथ्वीराज शाह 96 प्रतिशत, अद्भय थापा 96 प्रतिशत, साहिल कुमार सिंह 94.80 प्रतिशत, लव्य शाहा 94.80 प्रतिशत, रिवाङ रुम्बा तामाङ 94.80 प्रतिशत हार्दिक अग्रवाल 94.40प्रतिशत,सिद्धि विनायक छेत्री 94.20 प्रतिशत, कुमार सिधार्थ 93.80 प्रतिशत,रिद्धिमान झा 93.80 प्रतिशत,भिभियन रसाइली 93.60 प्रतिशत,अक्षत अग्रवाल 92.80 प्रतिशत, भिभान छेत्री 92.20 प्रतिशत, नभनीत थापा 91.60 प्रतिशत , आरोग्य गुरुङ 91.40 प्रतिशत , कनिष्क शर्मा 91 प्रतिशत , ट्रिज्ञा किशोर राई 91 प्रतिशत , निकुञ्ज मिश्र 90. 80 प्रतिशत? अगस्त्य पारिक 90.80 प्रतिशत , पेनोर यल्मो 90.60 प्रतिशत , साङडुप तामाङ 90.60 प्रतिशत , कर्मा जोर्फेल रहेन्गा 90.40 प्रतिशत, कोङ्गा साड्यो तामाङ 90.40 प्रतिशत, आयन थापा 90.40 प्रतिशत , प्रज्ञान थापा 90 प्रतिशत लिएर स्कूलको नामलाई अझ उज्यालो बनाएका छन्। यीमध्ये यामिक सुब्बाले भूगोल अनि समाजशास्त्रमा 100 पूर्णाङ्क अशाप मोथेले राजनीति शास्त्रमा 100 पूर्णाङ्क,योन्तेन शेर्पाले इतिहास र समाजशास्त्रमा 100 पूर्णाङ्क पवन चौरासियाले समाजशास्त्रमा 100 पूर्णाङ्क क्याल्देन थुडोप भुटियाले समाजशास्त्रमा 100 पूर्णाङ्क योसाङ लामाले राजनीतिशास्त्र र समाजशास्त्रमा 100 पूर्णाङ्क, साहिल सिजुले राजनीतिशास्त्रमा 100 पूर्णाङ्क,ओरायन सोनामले समाजशास्त्रमा 100 पूर्णाङ्क प्रज्वल जोर्डान गुरुङले राजनीतिशास्त्रमा 100 पूर्णाङ्क, किङछम लेप्चाले राजनीति शास्त्रमा 100 पूर्णाङ्क, माइकल सालग्रिम सिराले समाजशास्त्रमा 100 पूर्णाङ्क,अक्षित गुरुङले इतिहासमा 100 पूर्णाङ्क,जामयाङ वाङ्दीले समाजशास्त्रमा 100 पूर्णाङ्क, आराध्य राईले समाजशास्त्रमा 100 पूर्णाङ्क, टासी छिरिङ शेर्पाले समाजशास्त्रमा 100 पूर्णाङ्क, बृषभ किशोर बम्जनले समाजशास्त्रमा 100 पूर्णाङ्क प्राप्त गरेर स्कूल परिवारलाई थप खुशी बाँढेका छन्। स्कूलले वार्षिक रूपमा विभिन्न क्षेत्रमा प्राप्त गर्दै आएको उपलब्धीहरूमध्ये यो शैक्षिक उपलब्धि अति नै उल्लेखनीय रहेको बताउँदै विद्यार्थीहरूको सफलता नै विद्यालयको गर्व हो भनी स्कूलका रेक्टर फादर स्टेन्ली भार्गीजले सम्पूर्ण विद्यार्थी, शिक्षक शिक्षिकागण एवम् अभिभावकहरूलाई बधाई दिएका छन्। विद्यालयको परीक्षाफल सय प्रतिशत सफल रहेको अनि विद्यार्थीवर्गले आफूलाई स्कूलको अन्य गतिविधिमा पनि उत्तिकै संलग्न राखेर पनि उत्कृष्ट परिणाम ल्याउन सकेकोमा खुशी व्यक्त गर्दै सम्बन्धित सबैलाई बधाई तथा धन्यवाद जनाउँदै आगामी वर्षहरूमा पनि अझै उत्कृष्ट परिणाम ल्याउन अन्य विद्यार्थीहरूलाई उनीहरूबाट प्रेरणा लिन रेक्टरले बताएको कुरा एक प्रेस विज्ञप्ति मार्फत जनाइएकोछ।
थप जानकारी अनुसार, दार्जीलिङ पहाडको एक प्रतिष्ठित कन्या विद्यालय लरेटो कनभेन्ट-का विद्यार्थी ताङ्ग्चेन याल्मोले आईएससी परिक्षा 96.25 प्रतिशत अङ्क(विज्ञान) ल्याएर स्कुल टप्पर बनेकी छन्, यसरी नै लरेटो कनभेन्ट-का अन्य टप टेन-मा आयुशी कौर 94 प्रतिशत,अनन्य छेत्री 92 प्रतिशत,आकृति गुरुङ 91.5 प्रतिशत,साहिना देवान 89.75 प्रतिशत,अनुशुया राई 89.75 प्रतिशत,आस्था छेत्री 85.25 प्रतिशत,तेञ्जिङ यिङ्गा भोटिया 81.75 प्रतिशत,नेशङ तामाङ 77.25 प्रतिशत अनि अश्विनी मगर 76.75 प्रतिशत अङ्क लिएर उतिर्ण भएका छन्। उनीहरुलाई स्कुलले बधाई दिएकोछ।
यसरी नै थप जानकारी अनुसार, दार्जीलिङको लेबोङस्थित सनराइज स्कूलकी सुहाना छेत्री(आईएससी) 98.5 प्रतिशत अङ्क प्राप्त गरी उत्कृष्टता हासिल गरेकोमा स्कुलले उनलाई बधाई दिएकोछ। उनले भूगोलमा 100 पुर्णाङ्क, राजनीतिशास्त्रमा 99 अङ्क, इतिहासमा 98 अङ्क,र अंग्रेजीमा 97 अङ्कले उतिर्ण भएकी छन्।












