चुनाव छेउमा जति र घर्मको कुरा गर्छन् तर म व्यावहारिक राजनीति गर्छु:अनित थापा

Share this news

दार्जीलिङ,18 जनवरी(निसं): चुनाव छेउमा हाम्रोहरूले जातिको कुरा गर्छ भने बीजेपी-ले धर्मको कुरा गर्छ। म व्यावहारिक राजनीति गर्छु भनी भारतीय गोर्खा प्रजातान्त्रीक माेर्चा अध्यक्ष अनित थापाले भनेका छन्।
दार्जीलिङ जज बजार स्थित भारतीय गोर्खा प्रजातान्त्रीक माेर्चाकाे केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष अनित थापाले दार्जीलिङ महकुमाका विभिन्न समष्टिका नेतृत्वहरू,भातृसंगठनका प्रतिनिधिहरु, कार्यकर्ताहरूसँग भेटघाट गर्ने क्रम जारी राखेका छन्।
भेटघाट समयको मूल चर्चा नै आगामी चुनाउ रहेकोले समष्टि देखि बुथ स्तरसम्म कस्तो किसिमको रणनीति लिएर काम गर्नु पर्ने जस्ता विषय माथि चर्चा चलिरहेको छ।
यस भेटघाट अवधी समष्टिका नेतृत्वहरुको सम्बोधन गर्दै थापाले भनेका छन्,चुनावको छेउमा हाम्रोहरूले जातिको कुरा गर्छ भने बीजेपीले धर्मको कुरा गर्छ। राम नवमीको दिन यहाँ साम्प्रदायिक दुर्घटना हुने जस्तो देख्दैछु। दार्जीलिङ शहरको जुन सद्भाव छ, त्यो वातावरण बिग्रेर जाने जस्तो देख्दैछु। म यहाँको हार्मोनी बिग्रनु दिन्न। हामी दार्जीलिङवासी सुरक्षित बस्नुपर्छ। मेलमिलापमा बाँच्नु पर्छ। यसपालिको रामनवमीमा सबैलाई एकठाउँ राखेर समिति गठन गरेर राम नवमी मनाउने बनाउँछु।थापाले थप भने, धर्म अनि जाती जस्तो भावनात्मक मुद्दालाई उठाएर तपाई अनि मेरो भोट लिएर जानु खोज्दैछ यहाँको राजनैतिक दलहरुले। अब तपाईहरुको सोच अनि विचार हो भावनात्मक कुरा पट्टी लाग्नु हुन्छ कि व्यावहारिक कुरा हेरेर भोट दिनु हुन्छ। थापाले व्यावहारिक राजनीतिको कुरा गर्दै भने, मैले गर्ने राजनीति व्यावहारिक अनि रचनात्मक राजनीति हो।दार्जीलिङ जिल्ला पश्चिम बङ्गाल राज्यकाे एउटा जिल्ला हो। यसलाई कसैले नकार्नु सक्दैन। जीटीए दार्जीलिङ जिल्ला भित्र नै पर्छ। अनि म राज्यसँग मिलेर काम गर्छु। मैले राज्य सँग मिलेर काम गर्नु नै पर्छ। राज्यसँग मिलेर काम गरे मात्र जनताले मागेको कुरा पूरा गर्नु सक्छु। जनतालाई चाहिएको कुरा दिने चाहिँ राज्य सरकार तर भोटको समयमा बङ्गाल हाम्रो दुश्मन हो भन्ने हल्लामा विश्वास गरेर उल्टा भोट हाले पछि दुःख पाउने हाम्रो मान्छे नै हुन्छ।
अनित थापाको कार्यालयले जानकारी दिए अनुसार अझ केही दिन उनी दार्जीलिङमा रहेर नेतृत्वहरू सँगको भेटघाटलाई जारी राख्नेछन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ