आजदेखि उच्च माध्यमिक परीक्षा, दार्जीलिङ जिल्लामा ३,३४३ परीक्षार्थी

Share this news

दार्जीलिङ, 12  फरवरी (निस): आज १२ फरवरीदेखि दार्जीलिङ जिल्लाका ६८ वटा उच्चत्तर माध्यमिक विद्यालयका ३,३४३ जना विद्यार्थीले उच्च माध्यमिक परीक्षा दिनेछन्। यसको लागि प्रशासनिक स्तरदेखि स्वास्थ्य, यातायात सम्पूर्ण विषयहरूलाई विशेष ध्यानमा राखेर उचित व्यवस्था गरिएको उच्च माध्यमिक परीक्षाका दार्जीलिङ जिल्लाका जोइण्ट कन्भेनर डा. मिलन ताम ाङले जानकारी गराएका छन् । उनले भने-यसपाली दाजीलिङ जिल्लामा मोठ ३,३४३ जना परीक्षार्थी छन्, जसमा १,४९१ जना छात्र अनि १,८५२ जना छात्रा विद्यार्थी छन्। उनीहरूका लागि दार्जीलिङ जिल्लाका मोठ २२ वटा परीक्षा केन्द्र निर्धारित गरिएको छ भने ९ वटा केन्द्रलाई मुख्य परीक्षा केन्द्र बनाइएको छ। यी परीक्षा केन्द्रहरूमा ६८ वटा विद्यालयका विद्यार्थीले परीक्षा लेख्नेछन् । डा. तामाङले भने यसपाली प्रथमपल्ट उच्च  माध्यमिक परीक्षामा तीनप्रकारका परीक्षा हुनेछन् । जसमा फोर्थ सेमिस्टर, थर्ड सेमिस्टरको सप्लिम `न्टरी अनि गत वर्षको परीक्षामा अनुतीर्ण भएका विद्यार्थीहरूको परीक्षा सामेल हुनेछन्। जसको लागि ट्रेजरीबाट प्रश्न पत्रहरू सम्बन्धित परीक्षा केन्द्रहरूसम्म पुऱ्याउनेदेखि परीक्षा दिन गाड़ीमा यात्रा गर्ने विद्यार्थीहरूको गाड़ीलाई कुनैप्रकारको असुविधा नहोस् भन्ने विषयहरूलाई विशेष ध्यानमा राखिएको छ। यसपाली

दार्जीलिङ पहाड़का दुर्गम क्षेत्रहरूका विद्यार्थीहरूका लागि ती स्थानहरूमा नै परीक्षा केन्द्र बनाइएको छ, जहाँ ती क्षेत्रका विद्यार्थीहरूले कुनै असुविधा बिना नै आफ्नो परीक्षा दिन सक्नेछन् । उनले भने-भोलिदेखि शुरू हुने परीक्षाको समय कुनै विद्यार्थी अस्वस्थ भएको खण्डमा उनीहरूलाई जिल्ला अस्पतालबाट नै परीक्षा दिने पनि व्यवस्था गरिने भएको छ। परीक्षाको बोर्ड लगाइएको गाड़ीलाई ट्राफिक जामबाट बाहिर निकाल्न अनि उक्त गाड़ीमा चड़ेका विद्यार्थीहरूलाई सही समयमा परीक्षा केन्द्रसम्म पुऱ्याउनको लागि पनि ट्राफिक पुलिसले उचित व्यवस्था गर्ने भएको छ। यी सम्पूर्ण विषयहरूलाई लिएर प्रशासनिक स्तरमा लगातार बैठकहरू भइरहेका छन्। यसरी नै उनले परीक्षाको समय कुनै परीक्षा केन्द्रमा विद्यार्थीका लागि हिटरको आवश्यकता परे, त्यसको पनि तत्कालै व्यवस्था गरिने भएको पनि जानकारी गराए। ताकि कुनै पनि स्थितिमा परीक्षामा कुनै वाधा उत्पन्न नहोस् अनि विद्यार्थीहरूले कुनै असुविधा बिना नै परीक्षा दिन सकुन्, उनले भने।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ