टिस्टा बाढीपीडित १० परिवारलाई घर हस्तान्तरण

Share this news

दार्जिलिङका लोकसभा सांसद राजु विष्ट ले टिस्टा बाढीबाट प्रभावित १० परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेका छन्। शनिबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उनले आफ्नो व्यक्तिगत तलबबाट घर निर्माण गरिदिने प्रतिबद्धता पूरा गर्दै रङ्पु, भालुखोला, तारखोला, टिस्टा तथा बाङ्गे बजार क्षेत्रका पीडित परिवारलाई घर उपलब्ध गराएका हुन्।

सांसद बिष्टका अनुसार सन् २०२३ मा आएको विनाशकारी बाढीले टिस्टा नदी आसपासका क्षेत्रका सयौँ परिवारको घर तथा जीविकोपार्जनमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसबेला आफ्नो सम्पूर्ण सम्पत्ति गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले उनले कम्तीमा १० घर निर्माण गरिदिने घोषणा गरेका थिए। सोही प्रतिबद्धताअनुसार निर्माण सम्पन्न भएका जलवायु–अनुकूल घरहरू अहिले सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको जनाइएको छ।

नयाँ घर प्राप्त गर्ने लाभार्थीहरूमा बाङ्गे बजारका सङ्गीता छेत्री, टिस्टा बजारका चन्द्रमाया दर्नाल र मीना सार्की, मल्ली–भालुखोलाका ज्ञान छिरिङ लेप्चा र जितेन थापा, तोरखोलाका सानिल सुब्बा, तारखोलाका डी.बी. सुब्बा तथा रङ्पुका राजकुमारी, जगदीश साह र नौरोज राई रहेका छन्। सांसद बिष्टले यी घरहरू केवल आश्रयस्थल मात्र नभई बाढीपीडित परिवारहरूको सम्मान र पुनर्निर्माणको प्रतीक भएको बताएका छन्।

यसैबीच उनले रिम्बिक–लोढ़ो क्षेत्रअन्तर्गत फेदी खोला र फेञ्चेटारमा अक्टोबर २०२५ मा आएको पहिरोबाट घर क्षतिग्रस्त भएका १२ परिवारलाई पनि सहयोग गरिरहेको जानकारी दिएका छन्। आगामी दिनहरूमा पनि विपद्बाट प्रभावित तथा आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने कार्य निरन्तर जारी रहने उनले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ