खरसाङको वार्ड नम्बर 17 मा पैह्रो झरेर घर क्षतिग्रस्त

Share this news

खरसाङ,1 जुलाई(निसं): खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 मा पैह्रो गएर अमृता लामाको घरको देवल भत्केर तल्लोपट्टि प्रतिका कार्कीको घरलाई क्षति गरेको जानकारी प्राप्त भएको छ। यस वर्ष वर्षाको समय अघि नै पानी परेर त्रास भइरहेको समय खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 फेरि पैह्रो झरेको जानकारी प्राप्त भएको छ। पानी-झरी र पैह्रोले क्षति गरेको रिपोर्ट नगरपालिका मार्फत सरकार समक्ष पुग्दा-नपुग्दै मंगलवार दिउँसो 2.30 बजीतिर खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 17 मा पैह्रोले एक घर क्षतिग्रस्त भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्। उनले बताए अनुसार उक्त विषय लिएर गत केही दिन अघि खरसाङ नगरपालिकामा रिपोर्ट गरिएको थियो। उक्त विषय लिएर खरसाङ नगरपालिका एसएई सञ्जय थापा अनि सोनाम लामाद्वारा निरीक्षण गरी खरसाङ महकुमा कार्यालय रिलिफ विभागमा जानकारी गराइएको भए तापनि देवाल मरमत्ति कार्य गर्न सरकारी नियम अनुसार कागजपत्र तयारी गर्दा-नगर्दा मंगलवारको पानीले अझ ठूलो क्षति हुन पुगेको छ। पैह्रो प्रभावित दुवै परिवारलाई सुरक्षित स्थानमा गाउँ समाजले राखेको जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन