House built through ‘shramdaan’ handed over to Shukraj Chettri.
House built through ‘shramdaan’ handed over to Shukraj Chettri.

श्रमदानबाट बनेको घर शुक्राज छेत्रीलाई हस्तान्तरण

Share this news

“घर केवल पर्खाल र छाना मात्र होइन, आशा, सम्मान र सुरक्षित भविष्यको प्रतीक हो” भएको अमर लामाको भनाइ रहेको छ।

तक्दाह–ग्लेनवर्ण समष्टि अन्तर्गत सिङ्ग्रीम्ताम–ग्लेनवर्ण खण्ड क्षेत्रको मालीधुरा निवासी श्री शुक्राज छेत्रीको घर औपचारिक कार्यक्रमबीच हस्तान्तरण तथा गृह प्रवेश गराइयो। जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तक्दाह–ग्लेनवर्ण समष्टि र

सिङ्ग्रीम्ताम खण्ड समितिका कार्यकर्ताहरूले निरन्तर श्रमदान गर्दै उक्त घर निर्माण सम्पन्न गरेका हुन्।

यो समष्टि क्षेत्रभित्र श्रमदानमार्फत सम्पन्न भएको चौथो घर हो, भने आठ नम्बर गाउँका सरदेश राईको घर हाल निर्माणाधीन अवस्थामा रहेको समष्टि स्रोतले जानकारी दिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महा सचिव अमर लामाले घरविहीन तथा विपन्न परिवारको घर निर्माणलाई आफ्नो प्राथमिकतामा राखिएको बताउँदै, सामूहिक श्रमदान र सहकार्यलाई समष्टि विकासको मुख्य आधारका रूपमा मान्दै भने,

“समुदायको बल र एकताबाट बनेको घर केवल पर्खाल र छाना मात्र होइन, आशा, सम्मान र सुरक्षित भविष्यको प्रतीक हो”।

House built through ‘shramdaan’ handed over to Shukraj Chettri.

नयाँ घर पाएका शुक्राज छेत्रीले आफ्नो परिवारलाई सुरक्षित बासस्थान उपलब्ध गराइदिएकोमा अनित थापा, समष्टि समिति, सिङ्ग्रीम्ताम

खण्ड समिति र सबै सहयोगीप्रति आभार व्यक्त गरे। उनले आफ्नो भनाइमा स्थानीय कार्यकर्ताले दिन–रात खटिएर घर निर्माणमा साथ दिएको उल्लेख गर्दै, यो सहयोग जीवनभर नभुलिने बताए।

गृह हस्तान्तरण कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय महासचिव तथा जीटीए मुख्य सल्लाहकार अमर लामा, एमओडी सभासद् प्रणाम रसाइली, समष्टि पर्यवेक्षक विज्ञान मिश्र, समष्टि महासचिव सुशोभित गुरुङ, उपाध्यक्षद्वय एस पाल्जर अनि प्रभाकर गुरुङ, सल्लाहकार पदम गुरुङ, मानेडाँडा ग्राम पञ्चायत प्रधान पासङ्कित लेप्चा, विभिन्न वार्ड सदस्य, खण्ड समितिका पदाधिकारी, चियाबारी ट्रेड युनियन, नारी शक्ति तथा पार्टी कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा भूतपूर्व सैनिक प्रमुख क्याप्टेन गणेश राई, सिङ्ग्रीम्ताम खण्ड समिति अध्यक्ष अजित राई, उपाध्यक्ष मनिकुमार तामाङ, सहसचिव विनोद सुब्बा, तथा सिङ्ग्रीम्ताम, सिम्बोङ, बडागाउँ, भालुखोप, आठ नम्बर मालीधुरा अनि शिकारीधुरा शाखा तथा प्रशाखाका अध्यक्ष–सचिवहरू पनि सहभागी थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ