रोड 1 जनवरीदेखि खोलिने भएपछि तयारी शुरु रोहिणीका होटल सञ्चालकहरूद्वारा

Share this news

खरसाङ,  (निसं): रोहिणी रोड आगामी 1 जनवरीदेखि खोलिने भएपछि रोहिणीवासीका साथै पहाड़, मधेशका धेरै मानिसहरू, चालकहरू, रोहिणी रोडमा होटल सञ्चालन गर्नेहरू खुशी भएका छन्‌‍। रोहिणि रोडमा हेटल सञ्चालन गर्नेहरू मध्ये धेरैले आफ्नो बन्द अवस्थामा रहेको होटल पुनः सञ्चालन गर्नको निम्ति साफ-सफाई गरिरहेका छन्‌‍। होटल सञ्चालन गर्नको निम्ति कतिपय होटल सञ्चालकहरूले कामदार खोजिरहेको पनि थाहा लागेको छ।

रोहिणी रोडमा सिरुबारी नजिक गौरी शंकर चिया बगानमा गत 4 अक्टोबरको राति पैह्रो गएपछि बन्द रहेको छ। वर्तमानमा रोडको मरम्मतीको कार्य लगभग सकिसकेको छ भने यसलाई आगामी 1 जनवरीदेखि खोलिने बताइएको छ। रोहिणी रोड बन्द भएपछि रोड़ किनारमा भाड़ामा होटल सञ्चालन गर्नेहरू मध्ये धेरैले होटल बन्द गरेर गएका छन्‌‍।

रोहिणीका एक समाजसेवी गजेन प्रधानले भने, रोहिणी रोड 1 जनवरीदेखि खोलिने भएपछि रोहिणीवासी खुशी र उत्साहित छन्‌‍। रोहिणी रोडमा होटल सञ्चालन गर्नेहरूले पनि अहिले होटल पुनः सञ्चालनको निम्ति तयारी गरिरहेका छन्‌‍ तर अधिकतर होटल सञ्चालकहरू फर्किने स्थितिमा देखिएका छैनन्‌‍। तीन महिना रोड बन्द हुँदा होटल सञ्चालन गर्न सकेनन्‌‍, भाड़ामा होटल सञ्चालन गर्नेहरू मध्ये धेरै जनाको मालिक पक्षसित समझदारी बन्न सकेन। कतिपयको समझदारीको साथमा मालिकसित सम्झौता भएको छ, मालिकसित समझदारी कायम रहेकाहरूले होटल पुनः खोल्नलाई तयारी गरिरहेका छन्‌‍। मालिक पक्षसित समझदारी बन्न नसकेकाहरू मध्ये धेरै फेरि होटल सञ्चालन गर्नको निम्ति फर्कने स्थितिमा देखिएका छैनन्‌‍।

तिनले अघि भने, रोहिणी रोड खोलिनु भनेको रोहिणीवासीको निम्ति मात्र खुशीको कुरो होइन, यो सम्पूर्ण पहाड़, समतलका मानिसहरूको निम्ति खुशीको कुरो हो। वर्तमानमा रोहिणी रोड सबैको निम्ति सुविधाजनक, उपयोगी रोड बनेको छ। यो रोड बन्द हुँदै सबैले समस्याको सामना गर्न परेका थिए भने यो रोड खोलिएपछि सबैले राहतको अनुभव अवश्यै गर्नेछन्‌‍। प्रधानले रोहिणी रोडको अन्य स्थानमा पनि भत्किएको अवस्था रहेको बताउदै यस्ता भत्किएका स्थानहरूमा इञ्जिनियर विभागीय पक्षले अगावै ध्यान दिएर मरम्मत गरेको खण्डमा वर्षाकालमा ठूलो क्षति हुनबाट जोगिने बताउदै यस विषयमा ध्यान दिने आग्रह पनि गरे। तिनले रोहिणी रोड वर्तमानमा पहाड़ र मधेशको निम्ति जीवन रेखा जस्तै बनिसकेकोले यो रोडको रखरखाउ अति आवश्यक र महत्वपूर्ण रहेको पनि बताए। रोहिणीमा होटल सञ्चालन गरिरहेका खरसाङ्का एक व्यवसायीले आफूले समय समयमा गएर होटल खोल्ने गरेको भए तापनि आगामी दुई दिनमा पूर्ण तयारी गरेर 1 जनवरीदेखि पूर्ण रुपले होटल खोल्ने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ