पूर्व राष्ट्रिय खेलाडी उमेश थापा र प्रताप मोथेलाई सम्मान

Share this news

दार्जीलिङ,15 जनवरी(निसं):दार्जीलिङको खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व राष्ट्रिय फुटबल खेलाडी उमेश थापा र प्रताप मोथेलाई युनाइटेड स्पोर्टिङ क्लब, डीपी साइड टिस्टा भ्य भेल्लीद्वारा सम्मान गरिएको छ। सहिद राईफलमन वेञ्जामिन राई मेमोरियल फुटबल प्रतियोगिताको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जीटीए सभासद तथा तकदाह -टिस्टा भेल्ली समष्टिका प्रतिनिधि  डेण्डुप पाख्रीन, क्लब अध्यक्ष सकील सुब्बा, प्रमुख सलाहकार सीपी राई, तथा सहिद बेञ्जामिन राईका पिता सुबाश राई उपस्थित थिए। सम्मान-पत्र कोषाध्यक्ष अञ्जान तामाङ र सचिव सुरेश सुब्बाको नेतृत्वमा हस्तान्तरण गरिएको थियो।
खेलजीवनपछि पनि निरन्तर योगदान ,उमेश थापा र प्रताप मोथे दुवैले आफ्नो सक्रिय खेल जीवनमा राष्ट्रिय तथा राज्यस्तरमा दार्जीलिङको प्रतिनिधित्व गर्दै थुप्रै सफलताहरू हासिल गरेका थिए।

अवकाश पश्चात पनि उनीहरूले स्थानीय बालबालिकालाई फुटबल प्रशिक्षण दिँदै घरेलु स्तरको फुटबल संरचना बलियो बनाउने कार्य जारी राखेका छन्।
त्यसैगरी भेट्रन फुटबल प्रतियोगिताहरूमा दार्जीलिङका लागि थुप्रै उपाधि जित्दै उनीहरूले पहाडको नाम उज्ज्वल बनाइरहेका छन्।आयोजकको जानकारी  अनुसार, यो सम्मान केवल औपचारिक कार्यक्रम मात्र नभई,दीर्घकालीन खेल योगदानको कदर, स्थानीय प्रतिभा विकासप्रति समर्पण,दार्जीलिङलाई राष्ट्रिय खेल नक्सामा चिनाउन दिएको भूमिकाको प्रशंसा जस्ता पक्षलाई जोडेर प्रदान गरिएको हो। नयाँ पुस्ताका लागि प्रेरणा,दार्जीलिङ जस्तो भूगोल जहाँ खेलकुदको आत्मा बाँचिरहेकी छ, त्यहाँ यस्ता हस्तीहरूको योगदान अमूल्य मानिन्छ। आयोजकहरूले भने,थापा र मोथे जस्ता खेल नायकहरूको योगदानले नयाँ पुस्तामा फुटबलप्रति समर्पण, अनुशासन र प्रेम बढाउने निश्चित छ।

यस प्रकारका सम्मान कार्यक्रमहरूले विगतका खेल नायकहरूलाई चिन्ने, कदर गर्ने र आगामी पुस्तालाई प्रेरित गर्ने काम गर्ने विश्वास आयोजकहरूको रहेकोछ।

Share this news
आजको रोजाइ
राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

आजको रोजाइ