Home Minister Amit Shah on delisting
Home Minister Amit Shah on delisting

डिलिस्टिङ्गमाथि गोरामुमोद्वारा गृहमन्त्री अमीत साहलाई पत्राचार

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा डिलिस्टिङ विरुद्ध गृहमन्त्रीलाई पत्राचार गर्दै ऐतिहासिक भूमिका र जनादेशलाई आधार बनाएर पुनः दर्ताको माग गरिएको छ। निर्वाचन आयोगले गरेको डिलिस्टिङ्ग (दर्ता रद्द) निर्णयलाई लिएर गोरामुमोले भारत सरकारका गृहमन्त्रीलाई तत्काल पहलका लागि औपचारिक पत्र पठाएको छ। पार्टीका अध्यक्ष र सम्पूर्ण सदस्यहरूको तर्फबाट पठाइएको प्रतिनिधि पत्रमा दार्जीलिङ क्षेत्रका विधायक तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति सेक्रेटरी जनरल निरज तामाङ जिम्बाले स्मरण गराएका छन् कि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले २०१९ देखि निरन्तर भारतीय जनता पार्टीको नेतृत्वको न्याशनल डेमोक्रेटिक फ्रण्ट (NDA) गठबन्धनको दृढ साझेदार रहँदै आएको छ।ल न्याशनल डेमोक्रेटिक फ्रण्टकै आग्रहमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले विगतमा आफ्नै चुनावी चिन्ह प्रयोग नगरी भारतीय जनता पार्टीका उम्मेदवारलाई तीनै वटा पहाडको निर्वाचन क्षेत्रमा समर्थन गरेको थियो। सेक्रेटरी जनरलको हैसियतमा निरज जिम्बा स्वयंले २०१९ को उपनिर्वाचन र २०२१ को विधानसभा निर्वाचन बिजेपीको टिकटमा लडे र दुवैमा विजयी भए। पत्रमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको ऐतिहासिक योगदानलाई पनि जोड दिइएको छ। ५ अप्रिल १९८० मा सुवास घिसिङले स्थापना गरेको यो पार्टीले भारत सरकारसँग दुईवटा ऐतिहासिक सम्झौता दार्जीलिङ गोर्खा हिल काउन्सिल सम्झौता (१९८८) र छैटौं अनुसूची सम्झौता (२००५) सम्पन्न गराएको थियो। यी सम्झौताले पहाडमा शान्ति र गोर्खा जातिको आकाङ्क्षालाई संवैधानिक मान्यता दिलाएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ