Delhi Holi clash
Delhi Holi clash

दिल्लीको उत्तम नगरमा होली विवादले लियो हिंसात्मक रूप, युवकको मृत्यु, थप चार पक्राउ

Share this news

दिल्लीको पश्चिमी क्षेत्र उत्तम नगर मा होली पर्वका क्रममा भएको सामान्य विवादले हिंसात्मक रूप लिएपछि एक युवकको ज्यान गएको घटनामा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। यससँगै उक्त घटनामा पक्राउ पर्नेहरूको संख्या आठ पुगेको छ भने एक नाबालिगलाई पनि नियन्त्रणमा लिइएको छ।प्रहरीका अनुसार घटना होलीका दिन उत्तम नगरको जेजे कॉलोनी क्षेत्रमा भएको हो। होली खेल्ने क्रममा एक नाबालिग बालिकाले फ्याँकेको पानीले भरिएको बलुन छिमेकी महिला तर्फ लागेपछि दुई परिवारबीच विवाद सुरु भएको बताइएको छ। सामान्य भनाभनबाट सुरु भएको झगडा केही समयमै हिंसात्मक झडपमा परिणत भएको थियो।

झडपका क्रममा २६ वर्षीय युवक तरुण माथि समूहले आक्रमण गरेको आरोप छ। उनलाई लाठी, ढुंगा तथा अन्य वस्तुले कुटपिट गरिएको बताइएको छ। गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।युवकको मृत्युको खबर फैलिनासाथ क्षेत्रमा तनाव फैलिएको थियो। स्थानीय बासिन्दा तथा केही संगठनका सदस्यहरूले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए। केही स्थानमा सवारीसाधनमा आगजनीसमेत गरिएको थियो, जसका कारण क्षेत्रमा ठूलो सुरक्षा व्यवस्था अपनाइएको थियो।

घटनापछि प्रहरीले हत्याको आरोपमा प्रारम्भमा केही व्यक्तिलाई पक्राउ गरेको थियो भने अनुसन्धानको क्रममा थप चार जनालाई पनि पक्राउ गरिएको हो। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।यस घटनापछि उत्तम नगर क्षेत्रमा अतिरिक्त प्रहरी बल तैनाथ गरिएको छ र स्थिति नियन्त्रणमा रहेको बताइएको छ। प्रहरीले सर्वसाधारणलाई शान्ति कायम राख्न आग्रह गर्दै घटनाको निष्पक्ष छानबिन भइरहेको जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ