हिल्स फुटबल अकादमीको शीतकालिन फुटबल प्रशिक्षण शिविर समापन

Share this news

खरसाङ, (निसं): हिल्स फुटबल अकादामीद्वारा आयोजित शीतकालिन फुटबल प्रशिक्षण शिविर समापन गरियो। शनिवार चानबारी खेल मैदानमा सम्पन्न भएको एक कार्यक्रम बीच यो प्रशिक्षण शिविर समापन गरिएको हो। खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको यो कार्यक्रममा प्रशिक्षण समाप्त गरेका 6 देखि 15 वर्षका बाल-बालिकाहरूलाई प्रमाण पत्र अतिथिहरूको बाहुलीबाट प्रदान गरिएको थियो।

22 जनवरीदेखि आरम्भ गरिएको यस 10 दिवसीय यो प्रशिक्षण शिविरमा इङ्गल्याण्डबाट आएका प्रशिक्षक रिचर्ड चाम बार्लिनले बाल-बालिकाहरूलाई फुटबलको प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा प्रशिक्षण शिवारलाई सफलता दिलाउन सहयोग गर्ने अनि कार्यक्रममा अतिथिको रुपमा उपस्थितहरूलाई खदा लगाएर स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइएको थियो। यसै कार्यक्रममा प्रशिक्षण प्राप्त गरेका बाल-बालिका खेलाड़ीहरूलाई ब्लू अनि ओरेञ्ज हाउसमा विभाजन गरेर प्रदर्शनी खेल खेलाइएको थियो भने अभिभावकहरू अनि अकादमी बोर्डका सदस्यहरूको पनि प्रदर्शनी खेल सम्पन्न गरिएको थियो।

कार्यक्रममा बोल्दै हिल्स फुटबल अकादमीका निर्देशक तथा मुख्य प्रशिक्षण नगेन तामाङले भने, हिल्स फुटबल अकादमी 2021 मा स्थापना भएको हो। त्यसै समयदेखि यो अकादमीले खरसाङ अनि वरिपरि क्षेत्रका बाल-बालिकाहरूलाई फुटबलको प्रशिक्षण प्रदान गरिरहेको छ। हामीले शीतकालिन प्रशिक्षण शिविर 22 जनवरीदेखि आरम्भ गरेका थियौँ। यो शिवर अकादमीमा प्रशिक्षण प्राप्त गरिरहेका बाल-बालिका अनि केही नयाँ बाल-बालिकालाई लिएर आयोजना गरेका थियौँ। यस शिविरमा इङ्गल्याण्डबाट आएका प्रशिक्षक रिजर्ड चाम बर्लिनले बाल-बालिकाहरूलाई फुटबलको प्रशिक्षण प्रदान गरेका थिए। हाम्रो नियमित प्रशिक्षण भने निरन्तर रहनेछ। तिनले हिल्स फुटबल अकादमीबाट प्रशिक्षण प्राप्त गरेका तीन खेलाड़ीहरूले कार्वित एफसी पञ्जाबको टीमबाट जुनियर राष्ट्रिय फुटबल प्रतियोगितामा खेलिसकेका र उत्तर बंगालको विभिन्न प्रतिष्ठित टीममा खेलिरहेका बताए।

तिनले फुटबल अकादमी स्थापना गर्नको उद्देश्यको बारेमा बताउदै भने, हामीले बाल-बालिकाहरू कुसंगत, कुलतमा नपरोस, भविष्यमा फुटबलको क्षेत्रमा अघि आउन सकोस्‌‍ भनेर खोलेका हौँ। फुलबल लगायत कुनै पनि खेलकुदले नानीहरूको शारीरिक क्षमता बढ़ाउछ, स्वस्थ्य लाभ गराउछ, अनुशासन सिकाउछ। पढ़ाइ त नानीहरूको निम्ति अनिवार्य हो, पढ़ाइको साथमा खेलकुदमा पनि नानीहरूलाई सहभागी गराउन वर्तमान आधुनिक युगमा अति आवश्यक बनेको छ।

कार्यक्रममा खरसाङ ब्याटमिन्टन एसोसिएशनका अध्यक्ष प्रेमेन्द्र गरुङ, अकादमीका मुख्य संरक्षक एवं समाजसेवी टीटी लामा, सेनाका सुवेदार पृतम कुमार, खरसाङ महकुमा खेलकुद सङ्घका सचिव निर्मल गुरुङ, खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राई, खरसाङ ट्राफिक ओसी वीरेन्द्र छेत्री, संगीतकार सत्यजीत सरकार, समाजसेवी दावा गोले, अकादमीका प्रशिक्षकहरू, अभिभावकवर्ग अनि अन्यान्य उपस्थित रहेका थिए। कार्यक्रमलाई खरसाङ महकुमा खेलकुद सङ्घका उपाध्यक्ष फूर्ब घिसिङले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ